सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख नाघ्यो (अपडेट सहित)

"विश्वमा ४५ हजारको मृत्यु, नौ लाख भन्दा बढी सङ्क्रमित "

  •    न्युजभित्तो/१९ चैत्र २०७६, बुधबार २२:४२ 
  • काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वभर मृत्यु हुने मानिसको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । पछिल्लो विवरण अनुसार संसारभर नौ लाख १० हजार तीन सय ५२ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन् ।

    विश्वको जनसङ्ख्या र अन्य तथ्याङ्क विश्लेषण र सार्वजनिक गर्दै आएको संस्था वर्ल्डवमिटरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सङ्क्रमित व्यक्तिहरुमध्ये एक लाख ९० हजार नौ सय एक जना उपचारपछि घर फर्किएका छन् भने छ लाख ७३ हजार नौ सय ५२ जना हाल उपचाररत छन् । वर्ल्डवमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

    उपचारमा रहेकाहरुमध्ये छ लाख ३९ हजार ९८ जनाको अवस्था मध्यम र ३४ हजार आठ सय ५५ जनाको अवस्था गम्भीर रहेको पनि वल्र्डवमिटरको पछिल्लो विवरणमा उल्लेख गरिएको छ ।

    कोरोना भाइरसबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा सङ्क्रमित भएका छन् । अमेरिकामा दुई लाख तीन हजार आठ सय ४८ जनामा सङ्क्रण भएको छ भने चार हजार चार सय ८२ जनाको मृत्यु भएको छ । कोरोनाबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसले ज्यान गुमाएका छन् ।

    त्यस्तै, एक लाख १० हजार पाँच सय ७४ जना सङ्क्रमित भएको इटालीमा १३ हजार एक सय ५५ जनाको मृत्यु भएको छ । स्पेनमा एक लाख दुई हजार एक सय ३६ जना सङ्क्रमित भएका छन् भने नौ हजार ५३ जनाको मृत्यु भएको छ ।

    चीनमा कोरोना सङ्क्रमितको सङ्ख्या ८१ हजार पाँच सय ५४ जना पुगेको छ भने तीन हजार तीन सय १२ जनाको मृत्यु भएको छ । ५२ हजार एक सय २८ जना सङ्क्रमित बनेको फ्रान्समा तीन हजार पाँच सय २३ जनाको ज्यान गएको छ ।

    जर्मनीमा ७६ हजार पाँच सय ४४ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । जर्मनीमा कोरोना सङ्क्रणबाट आठ सय ५८ जनाको मृत्यु भएको छ । इरानमा कोरोना सङ्क्रणबाट तीन हजार ३६ जनाको मृत्यु भएको छ । यहाँ ४७ हजार पाँच सय ९३ मानिस सङ्क्रमित भएका छन् ।

    बेलायतमा २९ हजार चार सय ७४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने यहाँ यो सङ्क्रणबाट दुई हजार तीन सय ५२ जनाको ज्यान गएको छ । नेदरल्याण्डमा १३ हजार छ सय १४ जना सङ्क्रमित भएका छन् भने एक हजार एक सय ७३ जनाको मृत्यु भएको छ ।

    स्वीजरल्याण्डमा १७ हजार एक सय ३७ जना सङ्क्रमित भएका छन् भने चार सय ६१ जनाले ज्यान गुमाएका छन् । १३ हजार नौ सय ६४ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेको बेल्जियममा आठ सय २८ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.