सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको बसाइँमा


  •    न्युजभित्तो/१८ चैत्र २०७६, मंगलवार १९:५३ 
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुग्नुभएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्था रहेकोले उहाँहरुलाई सुरक्षा खर्च पनि उपलब्ध गराउन नसकिने जानकारी आइतबार दिनुभएको थियो । बेलायती राजकुमार ह्यारी दम्पत्ति अमेरिकाको क्यालिफोर्नियामा बस्न जान लाग्नुभएका बेला अमेरिकी राष्ट्रपतिले सो धारणा राख्नुभएको थियो । उहाँहरु क्यानाडाबाट लस एन्जलसहुँदै क्यालिफोर्निया जानुभएको हो ।

    राजकुमार दम्पत्ति क्यालिफोर्नियातर्फ लाग्ने क्रममा राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सो कुराको जानकारी गराउनुभएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जानकारी दिएको छ । क्यानाडामा बस्दै आएको बेलायतका राजकुमार दम्पत्ति आफ्नो निजी विमानबाटै क्यानाडाबाट लस एन्जलस सिटी उड्नुभएको हो । क्यानाडा र अमेरिकाबीचको सीमा क्षेत्र बन्द गर्न लागेकोमा त्यसको केही दिन अघि उहाँहरु उड्नुभएको थियो ।

    कोरोना भाइरसका कारण क्यानाडा र अमेरिकाबीचको सो राज्यको सीमा क्षेत्र बन्द गर्न लागिएको यसअघि नै समाचारमा आएको थियो । ह्यारी दम्पत्ति केही महिनादेखि क्यानाडामा बस्दै आउनु भएको थियो । अहिले अमेरिकाको क्यालिफोर्निया पुग्नुभएको हो ।

    उहाँहरुले अबको केही समयपछि देखि नै बेलायतको राजपरिवारको सदस्य नरहने घोषणा गरिसक्नुभएको छ । एक स्वतन्त्र र सामान्य नागरिकका रुपमा बस्न लाग्नुभएका उहाँहरुले आफ्नै विमानमा क्यालिफोर्निया जाने बताएपछि राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राख्नुभएको बताइएको छ ।

    राष्ट्रपति ट्रम्पले आइतबार ट्वीट गरी अमेरिका कोरोना भाइरसको प्रकोपमा रहेकोले ह्यारी राजदम्पत्तिलाई आफ्नो देशले सुरक्षाको प्रबन्ध गर्न नसक्ने बताउनुभएको अमेरिकी सञ्चारमाध्महरुले जनाएका छन् ।

    साथै सो ट्वीटमा आफू बेलायतकी महारानी र संयुक्त अधिराज्यको महान साथी तथा प्रसंशक समेत रहेको पनि राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ ।
    उहाँहरु अमेरिका आउनका लागि क्यानाडा छोडेको भन्ने मैले थाहा पाएको छु, म यो कुरा स्पष्ट गर्न चाहन्छु कि हामीले उहाँको सुरक्षा खर्चको व्यवस्थापन गर्न सक्नेछैनौँ– राष्ट्रपति ट्रम्पको ट्वीटमा भनिएको छ ।

    उहाँको यो अभिव्यक्तिपछि राजदम्पत्तिका प्रवक्ताले भने बेलायती राजदम्पत्तिले अमेरिकासँग सुरक्षा सहयोगको याचना नगरेको स्पष्ट पार्नुभएको थियो ।
    उहाँले एक विज्ञप्ति प्रकाशन गरेर अमेरिकाको तर्फबाट राजदम्पत्तिले सहयोगको याचना नगरेको र आफैले सुरक्षा खर्चको व्यवस्थापन गर्ने तयारी पहिले नै गरिसकेको बताउनुभएको थियो ।

    मेघन अमेरिकाको लस एन्जलस सहरमा हुर्किनुभएको हो । अहिले पनि उहाँकी आमा सोही शहरमा बस्दै आउनुभएको छ । त्यसैले उहाँहरु लस एन्जलस पुग्नुभएको हो । त्यहीँबाट उहाँहरु सोमबार नै क्यानिफोर्निया लाग्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.