सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाभाइरस : २६ प्रतिशत सङ्क्रमित अमेरिकाका, न्यूयोर्कमा मात्रै तीन हजार पाँच सयको मृत्यु


  •    न्युजभित्तो/२३ चैत्र २०७६, आईतवार ११:२५ 
  • काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड–१९) बाट पछिल्लो अपडेटअनुसार १२ लाख दुई हजार पाँच सय ४६ मानिस सङ्क्रमित भएका छन् । जसमध्ये संयुक्त राज्य अमेरिकामा मात्रै तीन लाख ११ हजार छ सय ३५ मानिस सङ्क्रमित भएका छन् । जुन विश्वभर सङ्क्रमितको सङ्ख्यामा झण्डै २६ प्रतिशत (२५.९१ प्रतिशत) हो ।

    वल्डवमिटरले सार्वजनिक गरेको पछिल्लो विवरणमा अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख ११ हजार छ सय ३५ पुगेको उल्लेख गरिएको छ भने आठ हजार चार सय ५४ जनाको मृत्यु भएको छ । https://www.worldometers.info/coronavirus/

    अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले मृतकमध्ये एक तिहाईभन्दा बढी न्यूयोर्कका रहेका जनाएको छ । न्यूयोर्कमा मृतकको सङ्ख्या तीन हजार पाँच सय ६५ पुगेको छ। जुन अमेरिकाभरको मृतकको सङ्ख्याको ४२ प्रतिशतभन्दा बढी हुन्छ ।

    न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४ देखि १४ दिनमा पुग्ने ठानिएको बीबीसीले उल्लेख गरेको छ । ‘मेरो एक मनले उच्च विन्दु चाँडै पुगिहालोस् भन्छ। तर फेरि अर्को मनले होइन त्यसका लागि हामी तयार भइसकेका छैनौँ भन्छ’, कोमोले भन्नुभएको छ ।

    कोमोका अनुसार थप भेन्टिलेटरको खोजी जारी छ। एक हजार भेन्टिलेटर पठाइदिएकोमा उहाँले चीनलाई धन्यवाद दिनुभयो।

    शनिवार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी साताहरूमा अमेरिकाको अवस्था कस्तो हुनेछ भनेर खुलेर बताउनुभएको थियो । अर्को साता देशका निम्ति सम्भवत सबभन्दा कठिन हुने भन्दै उहाँले अमेरिकीहरूलाई धेरैको ज्यान जाने स्थितिबारे तयार रहन भन्नुभएको थियो ।

    उहाँले कोभिड–१९ विरुद्ध राज्यहरूलाई सहयोग गर्न व्यापक सैन्य परिचालन गरिने भन्दै त्यसका लागि हजारौँ सैनिक, स्वास्थ्य कार्यकर्ता तथा जानकारहरू खटाइने बताउनुभयो । एक हजार सैनिकलाई छिट्टै न्यूयोर्क शहरमा खटाइने उहाँले बताउनुभयो ।

    वल्डवमिटरको पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभर ६४ हजार सात सय ३२ जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा धेरै इटलीका १५ हजार तीन सय ६२ जना रहेका छन् । त्यस्तै, स्पेनमा ११ हजार नौ सय ४७ जनाको मृत्यु भएको छ ।

    विश्वमा कोरोनाभाइरस सङ्क्रमित मध्ये दुई लाख ४६ हजार छ सय ३८ जना उपचारपछि आफ्नो घर फर्किसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.