सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 


  •    न्युजभित्तो/१९ आश्विन २०८३, सोमबार १०:२६ 
  • चितवन, १९ असोज । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ ।

    सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदै छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।

    दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । गत साताबाट भेटेरिनरी चिकित्सक र स्वास्थ्यकर्मीहरुले अण्डाको महत्वका बारेमा विद्यार्थी र शिक्षकहरुलाई जानकारी गराउने काम भइरहेको छ ।

    सङ्घको मुख्य आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम गरिँदैछ । असोज २३ गते बिहान ७ः०० बजे उद्योग सङ्घ चितवनको परिसरबाट ‘एग वाक’ सुरु भई नारायणगढको सहिद चोकमा पुगेर समापन हुने छ । एग वाकमार्फत अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव र दैनिक आहारमा यसको महत्वबारे जनचेतना फैलाइने छ ।

    सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसन पनि आयोजना गरिने छ । कार्यक्रममा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकाबारे छलफल हुने छ ।

    फिजिसियन डा भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी १२, कोलिन, लिसिफिन जस्ता शरीरको सबै कुरालाई आवश्यक पर्ने तत्व पाइन्छ ।

    यसैगरी, भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कजस्ता पोषक तत्व पाइन्छन् । अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नाका साथै बालबालिकाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँ बताउनुहुन्छ ।

    अण्डामा पाइने कोलिनले मस्तिष्क तथा स्नायु प्रणालीको सामान्य कार्यमा र पहेँलो भागमा पाइने ल्युटिन तथा जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा योगदान पु¥याउने उहाँको भनाइ छ । एक जना व्यक्तिलाई एउटा अण्डाको पहेँलो भाग खाँदा उसको शरीरलाई चाहिने कोलस्टोरको एउटा भाग प्राप्त हुने भएकाले खान आवश्यक हुने उहाँले जानकारी दिनुभयो ।

    यसअघि पहेँलो भाग खान हुन्न भन्ने विज्ञहरुको भनाइ रहँदै आएको थियो । अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको महत्वपूर्ण हिस्साका रूपमा लिने गरिएको छ ।

    नेपालका कुखुरापालक किसानहरु विस्थापित हुने अवस्थामा पुगेपछि चार वर्षअघि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको बजारीकरणमा काम गरेसँगै अहिले नेपालमा नयाँ किसान पनि कुखुरापालन क्षेत्रमा आएका छन् । यो क्षेत्र व्यवसायीकरण हुने क्रममा रहेको छ । लामो समयदेखि लागत मूल्य नपाएर किसान विस्थापित भएका हुन् । सङ्घकै पहलमा पछिल्ला दिनहरुमा किसानले लागत मूल्य पाउन थालेका छन् । उत्पादन बढाएरसँगै खपत बढाउने उद्देश्यले यस्ता कार्यक्रमको नेतृत्व सङ्घले लिएर गर्दै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.