दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
न्युजभित्तो/१८ आश्विन २०८३, आईतवार १७:११
हेटौंडा, १८ असोज । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजंग तामाङ) ले दृष्टिविहीन नागरिकको अधिकार संरक्षणसँगै उनीहरूको क्षमता विकास र आत्मनिर्भरतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल नेत्रहीन संघ केन्द्रीय कार्यालय, काठमाडौंको आयोजनामा हेटौंडामा भएको संघको २८औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रूपमा आज आईतबार सम्बोधन गर्दै मन्त्री तामाङले दृष्टिविहीन नागरिकलाई सहयोगको पात्रका रूपमा मात्र नभई अवसर पाएमा समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने सक्षम नागरिकका रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल नेत्रहीन संघ तथा दृष्टिविहीन नागरिकहरूको हक, अधिकार र क्षमता विकासका लागि बागमती प्रदेश सरकारले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । दृष्टिविहीन नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने शिक्षा, सीप विकास, रोजगारी, प्रविधि, स्वास्थ्य सेवा र सामाजिक सुरक्षालाई राज्यले प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री तामाङले दृष्टिविहीन व्यक्तिहरूलाई गुणस्तरीय शिक्षा तथा व्यावसायिक सीप हासिल गर्ने अवसर उपलब्ध गराउन सके उनीहरूलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । शिक्षा र सीपसँगै रोजगारीका अवसर सिर्जना गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै उहाँले दृष्टिविहीन नागरिकको क्षमता र रुचिअनुसार रोजगारी तथा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
पछिल्लो समय प्रविधिको विकाससँगै सूचना, शिक्षा, सञ्चार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसर सिर्जना भए पनि अपाङ्गता भएका नागरिकको प्रविधिमा सहज पहुँच अझै चुनौतीका रूपमा रहेको उहाँले बताउनुभयो । त्यसैले दृष्टिविहीन नागरिकलाई आधुनिक प्रविधिको पहुँचमा जोड्दै उनीहरूको दैनिक जीवन सहज र उत्पादनशील बनाउन आवश्यक रहेको मन्त्री तामाङको भनाइ थियो ।
उहाँले स्वास्थ्य सेवामा समेत दृष्टिविहीन नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य संस्था तथा सार्वजनिक सेवाहरू अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै मन्त्री तामाङले सरकारी सेवा लिन आउने दृष्टिविहीन नागरिकले कुनै किसिमको असहजता वा विभेद महसुस गर्न नपर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
सरकारी कार्यालय, सडक, सार्वजनिक भवन तथा अन्य भौतिक संरचना निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई अनिवार्य रूपमा ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । सार्वजनिक संरचना तथा सरकारी सेवाहरूलाई अपाङ्गमैत्री बनाउन सके दृष्टिविहीनलगायत अपाङ्गता भएका नागरिकको सामाजिक सहभागिता र आत्मनिर्भरता बढाउन महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ थियो ।
मन्त्री तामाङले सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि दृष्टिविहीन नागरिकको वास्तविक आवश्यकता र अवस्थासँग जोडेर प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । राज्यबाट प्राप्त हुने सुविधा तथा अवसरमा उनीहरूको समान पहुँच सुनिश्चित गर्नु सामाजिक न्यायको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।