सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ : विश्वभर ८२ हजारको मृत्यु, १४ लाख ३२ हजार सङ्क्रमित, तीन लाखको उपचार (अपडेट)


  •    न्युजभित्तो/२६ चैत्र २०७६, बुधबार १३:२१ 
  • काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट पछिल्लो अपडेटअनुसार ८२ हजार एक सय २८ जनाको मृत्यु भएको छ । तीन लाख दुई हजार तीन सय २४ जना भने उपचारपछि घर फर्किएका छन् ।

    कोरोनाभाइरसबाट हालसम्म १४ लाख ३२ हजार आठ सय ७५ मानिस सङ्क्रमित भएका छन् । जसमध्ये संयुक्त राज्य अमेरिकामा मात्रै चार लाख पाँच सय ४६ मानिस सङ्क्रमित भएका छन् । जुन विश्वभर सङ्क्रमितको सङ्ख्यामा झण्डै २८ प्रतिशत (२७.९५ प्रतिशत) हो ।

    वल्डवमिटरले सार्वजनिक गरेको पछिल्लो विवरणमा अमेरिकामा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार आठ सय ५७ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले मृतकमध्ये एक तिहाईभन्दा बढी न्यूयोर्कका रहेका जनाएको छ । वल्डवमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

    कोरोनाभाइरसबाट सबैभन्दा धेरै इटलीका १७ हजार एक सय २७ जनाको मृत्यु भएको छ । इटलीमा यसबाट एक लाख ३५ हजार पाँच सय ८६ मानिस सङ्क्रमित भएका छन् । त्यस्तै, स्पेनमा १४ हजार ४५ जनाको मृत्यु भएको छ । यहाँ एक लाख ४१ हजार नौ सय ४२ मानिस सङ्क्रमित भएका छन् ।

    कोरोनाभाइरसबाट फ्रान्समा एक लाख नौ हजार ६९ जना सङ्क्रमित भएका छन् भने यहाँ १० हजार तीन सय २८ जनाको मृत्यु भएको छ । यो सङ्क्रणबाट बेलायतमा छ हजार एक सय ५९ जना, इरानमा तीन हजार आठ सय ७२ जना र चीनमा तीन हजार तीन सय ३३ जनाको ज्यान गएको छ ।

    त्यस्तै, जर्मनीमा एक लाख सात हजार छ सय ६३ जना सङ्क्रमित भएका छन् भने दुई हजार १६ जनाको मृत्यु भएको छ । २२ हजार एक सय ९४ जना सङ्क्रमित भएको बेल्जियममा दुई हजार ३५ जना र १९ हजार पाँच सय ८० जना सङ्क्रमित भएको नेदरल्याण्डमा दुई हजार एक सय एक जनाको मृत्यु भएको छ ।

    कोरोनाभाइरस सङ्क्रमित सङ्ख्याको हिसाबले चीन छैठौँ स्थानमा छ । यो भाइरसको सङ्क्रमणबाट चीनमा भन्दा इटली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत र इरानमा धेरै मानिसको मृत्यु भएको छ । अहिलेसम्मको अध्ययनअनुसार चीनको वुहानबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको मानिएको छ ।

    विश्वमा कोरोनाभाइरस सङ्क्रमित मध्ये तीन लाख दुई हजार तीन सय २४ जना उपचारपछि घर फर्किएका छन् । १० लाख ४८ हजार चार सय २३ जनाको अहिले पनि उपचार भइरहेको छ । उनीहरुमध्ये १० लाख चार सय ९१ जनाको अवस्था मध्यम रहेको वल्डवमिटरको विवरणमा उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.