Uncategorized

माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्‍यो
-न्युजभित्तो

काठमाडौँ, २० माघ । बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सरेको छ । नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय...

सङ्घीय संसद्को पाँचौँ अधिवेशनः मुद्दा सुल्झाउने कि बल्झाउने ?
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । सङ्घीय संसद्को पाँचौँ अधिवेशनको पूर्वसन्ध्यामा नेपालको राजनीति एकाएक तरङ्गित बन्यो । संसद्को चौथो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरण, सरकारले ल्याएका अध्यादेश र जनजीविकाका कतिपय सवालमा सरकारको जवाफ खोज्दै प्रमुख विपक्षी...

‘माघेसङ्क्रान्तिमा खाइने चाकु र तरुल शरीरका लागि फाइदाजनक’
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन...

तराईमा शीतलहर: बढ्दोे जोखिममा पूर्वतयारी सुस्त
-न्युजभित्तो

प्रगति ढकाल काठमाडौँ, २६ पुस । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब...

सौराहामा पौष ११ देखि चितवन हात्ती महोत्सव हुने
-न्युजभित्तो

चितवन, १ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म चितवन हात्ती तया पर्यटन महोत्सव हुने भएको छ । हात्ती तथा पर्यटन महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुने आयोजकले जनाएको छ । आयोजक...

फुटसलमा होली भिजन प्रथम
-न्युजभित्तो

भरतपुर २९ मङ्सिर। होली भिजन पब्लिक स्कुल, स्पोर्ट्स क्लब र नारायणी फुटसल क्लवको संयुक्त आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय अन्तर मावि छात्रा फुटसल प्रतियोगितामा होली भिजन पब्लिक स्कुल प्रथम भएको छ । प्रतियोगितामा ब्लु बर्ड ईङ्ग्लिस स्कुल द्वितीय र कबिलास इङ्लिस...

चितवनका पत्रकार एवं हास्यकलाकार पाठकलाई ब्लड क्यान्सर, परिवारद्वारा सहयोगको अपिल
-न्युजभित्तो

चितवन, २३ मंसिर । चितवनका पत्रकार भूपराज पाठकलाई ब्लड क्यान्सर भएको छ । माडी–४, सिम्रहनी निवासी पाठकको हाल काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार सुरु भएको छ । उनको थप उपचारका लागि भारत लैजाने तयारी पनि हुँदैछ । दुई साताअघि लगातार...

दाङमा तोरीको उत्पादन बढ्दै
-न्युजभित्तो

घोराही (दाङ), १० मंसिर । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ...

म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
-न्युजभित्तो

म्याग्दी, ९ कात्तिक । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का...

मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन
-न्युजभित्तो

म्याग्दी (बेनी), ८ कात्तिक । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो । मौसम सफा भएसँगै मुक्तिनाथ...