सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायली सेनाले १५ प्यालेस्टिनी डाक्टरको हत्या गर्‍यो : यूएन


  •    न्युजभित्तो/१८ चैत्र २०८१, मंगलवार ११:२४ 
  • रफाह, १९ चैत । इजरायली सेनाले दक्षिणी गाजामा १५ प्यालेस्टिनी डाक्टरहरूको हत्या गरेको आरोप संयुक्त राष्ट्रसंघ (यूएन)ले लगाएको छ ।

    सबै डाक्टरहरूलाई मारेर सामूहिक चिहानमा गाडिएको दाबी यूएनको छ । उनीहरूको शवलाई क्षतिग्रस्त एम्बुलेन्सहरू भेटिएको ठाउँमा गाडिएको बताइएको छ । इजरायली सेनाको बुलडोजरले डाक्टर र एम्बुलेन्सको शव कुल्चेको पनि भनिएको छ । १८ महिनाअघि गाजामा युद्ध सुरु भएदेखि इजरायलले १०० भन्दा बढी नागरिक रक्षाकर्मी र १,००० भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको यूएनले बताएको छ ।

    कामदार र उनीहरूका सवारी साधनहरूमा स्पष्ट रूपमा चिकित्सा चिन्हहरू भएको प्यालेस्टिनी रेड क्रिसेन्टले आरोप लगाएको छ । यसको बाबजुद इजरायली सैनिकहरूले उनलाई निर्ममतापूर्वक मारेको भनिएको छ । यसैबीच, इजरायली सेनाले अज्ञात शंकास्पद सवारी साधनहरूमा गोली चलाएको बताएको छ । मृत्यु हुनेमा आठ जना रेड क्रिसेन्ट कामदार, गाजाको नागरिक सुरक्षा आपत्कालीन एकाइका छ जना सदस्य र प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीका एक कर्मचारी रहेका छन् ।

    अन्तरराष्ट्रिय रेडक्रसररेड क्रिसेन्टले यसलाई आठ वर्षमा आफ्ना कर्मचारीहरूमाथि भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ । इजरायली सेनाले मार्च २३ मा रफाहको तेल अल–सुल्तान जिल्लामा आक्रमण सुरु गरेको थियो । आक्रमणमा परी घाइते भएकाहरूलाई बाहिर निकाल्न आपत्कालीन टोलीहरू दिउँसो आइपुगेलगत्तै उनीहरू बेपत्ता भए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.