सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अभिभावक संघमा न्यौपानेको नेतृत्व


  •    न्युजभित्तो/१ चैत्र २०८१, शनिबार २०:१८ 
  • भरतपुर २ चैत । बालबालिकाको गुणस्तरीय सिकाइमा अभिभावकको सहभागिता भन्ने मूल नाराका साथ संस्थागत विद्यालय अभिभावक संघ भरतपुर महानगरको प्रथम अभिभावक भेला शनिबार प्याब्सन चितवनको सभाहलमा सम्पन्न भएको छ ।
    प्रथम अभिभावक भेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले गुणस्तरीय शिक्षाको विकास गर्न भरतपुर महानगरपालिकाका प्रतिवद्ध रहेको जानकारी दिँदै अभिभावकहरुका सुझावहरुलाई लिएर भरतपुर महानगर अगाडि बढ्ने बताउनुभयो ।

    शनिवार नै सम्पन्न भएको भेलाले भोजराज न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नवकुमारी देवकोटा र खेमराज भट्टराई निर्वाचित भएका छन् ।

    यसैगरी समितिको सचिवमा इश्वरीप्रसाद चापागाईं, कोषाध्यक्षमा मनोजकुमार भुजेल निर्वाचित भएका छन् भने सदस्यहरुमा रिता थापा, रामचन्द्र अधिकारी, बाबुराम सापकोटा र श्यामप्रसाद खतिवडा निर्विरोध निर्वाचित भएको प्याब्सन भरतपुर महानगरका सचिव वेदराज न्यौपानेले जानकारी दिनुभयो।

    कार्यक्रमका अभिभावकहरुले गाडीमा सिट क्षमताअनुसार विद्यार्थी राख्नुपर्ने, स्वास्थ्यका मापदण्ड पूरा गरेर सवारी चलाउने, शैक्षिक विकासमा अभिभावकहरुको चासो दिनुपर्ने लगायतका सुझावहरु प्रतुत गर्नुभएको थियो ।

    अभिभावक संघ, चितवन जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा सम्पन्न अभिभावक भेलामा प्याब्सन भरतपुर महानगरका अध्यक्ष मीनराज बस्ताकोटी, हिसानका अध्यक्ष दिपेन्द्र ढकाल,ईष्टु चितवनका अध्यक्ष जनकराज घिमिरे , भरतपुर महानगर पालिका शैक्षिक प्रशासन महाशाखाका ऋषिराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.