स्वास्थ्य परीक्षण तथा पाठेघर क्यान्सर जाँच शिविर सम्पन्न
न्युजभित्तो/१० चैत्र २०८१, सोमबार १२:०२
चितवन, ११ चैत । चितवनको भरतपुरमा निःशुल्क स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ। नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखा, हंस बहुउद्देश्यीय सहकारी संस्था, नारायणगढ, तथा लायन्स क्लब अफ भरतपुर चौतारीको आयोजनामा हिजो (आइतबार) महानगरपालिका–१२ मा शिविर सम्पन्न भएको हो ।
शिविरमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका प्राविधिक टोलीले महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण गरेका थिए। शिविरमा २०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए भने ७५ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA) गराएका थिए। साथै, सिर्जनशील टोल विकास संस्था, सिद्धिविनायक आमा समूह तथा सिद्धिविनायक गणेश मन्दिर व्यवस्थापन समितिको विशेष सहयोग रहेको थियो।