समाज
चितवन,२५ फाल्गुन। चितवनको सौराहाको एक रिसोर्टमा अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बुधबार) विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन्...
चितवन,२५ फाल्गुन। नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा...
चितवन,२५ फाल्गुन। चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैँडा मृत्य फेला परेको छ । हिजो (बुधबार) निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो। निकुञ्जको कोर क्षेत्रमा मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर...
चितवन,२४ फाल्गुन। चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्वब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । नारायणी डेभलपमेन्ट बैंकको भरतपुर ब्रान्चको मेनेजर पदबाट राजीनामा दिएकी खड्का...
गैँडाकोट,२४ फाल्गुन। नवलपुरको गैडाकोटमा रहेको मुकुन्दशेन टेलिभिजनमा बुधबार विहान चोरी भएको छ । बुधबार विहान करिब पौने तीन बजेतिर गैँडाकोटको कांग्रेसचोकमा रहेको टेलिभिजनको मुख्य कार्यालयमा चोरी भएको हो । टेलिभिजनमा जडान गरिएको सीसीटीभीमा एकजना अन्दाजी ४५ वर्षको देखिने व्यक्ति कार्यालयमा प्रवेश...
चितवन,२३ फाल्गुन। चितवनमा सोमबार फागु पूर्णिमा (होली) सभ्य र सुरक्षित तरिकाले मनाइएको छ । जिल्लामा विशेषगरी पहाडी होली धुमधामसँग मनाउने गरिन्छ । आज तराई होली आदिवासी थारु लगायत केहि समुदायले मनाउने गर्छन् । होली पर्व मनाउने संस्कृतिमा धेरै सुधार आएको...
चितवन,२१ फाल्गुन। नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आजदेखि बन्द नहुने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम...
नारायण अधिकारी- चितवन,१९ फागुन । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ ।...
तनहुँ,१९ फाल्गुन। चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु...
चितवन,१९ फागुन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ । गएको जेठमा आएको हावाहुरीले पुलमाथिका विजुलीका पोल भाँचिएका थिए । नेपाल विद्युत प्राधिकरणले नारायणी पुलमा जडान गरेको स्मार्ट सडक बत्तीको बिहीबार भरतपुर महानगरपालिका...
















