चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
न्युजभित्तो/१२ कार्तिक २०८३, बुधबार १७:०४
काठमाडौं, १० कात्तिक । वाग्मती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको चितवन राइनोज र विराटनगर किंग्सबीचको खेल अवलोकन गर्नुभएको छ । काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेल अवलोकन गर्न मन्त्री तामाङ चितवन राइनोजको जर्सी लगाएर पुग्नुभएको थियो।
वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने चितवन राइनोजको पक्षमा समर्थन जनाउँदै उहाँले टोलीलाई जितका लागि शुभकामना दिनुभयो। प्रदेशको प्रतिनिधित्व गर्ने टोलीको खेल प्रत्यक्ष हेर्न पाउँदा आफूलाई खुसी लागेको मन्त्री तामाङले बताउनुभयो। खेलप्रति चासो देखाउँदै चितवन राइनोजको जर्सीमा मैदान पुग्नुभएका उहाँले खेलाडीको हौसला बढाउँदै टोलीप्रति आफ्नो समर्थन व्यक्त गर्नुभएको थियो।
मन्त्री तामाङले समर्थन जनाएको चितवन राइनोजले पनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर किंग्सलाई आठ रनले पराजित गर्यो। रोमाञ्चक बनेको खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटिएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ७० रन बनाउनुभयो। उहाँले पाँच चौका र पाँच छक्का प्रहार गर्नुभयो।
त्यस्तै, रवि बोपाराले अविजित ३१ रन र ड्यान मौस्लेले अविजित २९ रन जोड्दै चितवनलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याउनुभयो। देव खनालले १२ रन बनाउनुभयो।
१५८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाउनुभयो। लोकेश बमले २६ रन जोड्नुभयो भने आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन बनाउनुभयो। रसेलको आक्रामक ब्याटिङपछि विराटनगर जितको नजिक पुगे पनि अन्तिम ओभरहरूमा लगातार विकेट गुमाउँदा लक्ष्य भेट्न सकेन।
चितवनको जितमा कमलसिंह ऐरी निर्णायक बन्नुभयो। उहाँले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिनुभयो। रिजन ढकालले दुई विकेट लिनुभयो। विराटनगरको मध्यक्रम र तल्लो क्रमलाई सम्हालिन नदिँदा चितवनले आठ रनको रोमाञ्चक जित निकाल्न सफल भयो।
वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने टोलीले राष्ट्रियस्तरको प्रतियोगितामा सफलता हासिल गर्नु प्रदेशका खेलप्रेमीका लागि खुसीको विषय हो। मन्त्री तामाङले चितवन राइनोजको जर्सी लगाएर खेल अवलोकन गर्नु र टोलीको पक्षमा समर्थन जनाउनुले पनि प्रदेशको टोलीप्रतिको अपनत्व झल्काएको छ।
चितवन राइनोजले विराटनगर किंग्सविरुद्धको जितसँगै एनपीएलको तेस्रो संस्करणमा आफ्नो अभियान सुखद् रूपमा सुरु गरेको छ।