सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ


  •    न्युजभित्तो/१२ कार्तिक २०८३, बुधबार १५:१० 
  • हेटौँडा, ११ कात्तिक । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले आगामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा वाग्मती प्रदेशका खेलाडीले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

    प्रतियोगिताको तयारीका लागि आज मन्त्रालयमा आयोजित बागमती प्रदेश खेलकुद परिषद्को २७औँ बैठकमा सहभागी परिषद्का पदाधिकारीलाई आवश्यक निर्देशन दिँदै मन्त्री तामाङले प्रदेशका खेलाडी तथा खेलकुद पदाधिकारीको अथक मेहनतले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सकिने बताउनुभयो ।

    बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सफल बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । खेलाडीको मेहनत, अनुशासन, लगनशीलता र उत्कृष्ट प्रदर्शनले प्रतियोगिताको नतिजामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उहाँले खेलाडीलाई प्रोत्साहन, आवश्यक सहयोग र सुविधाको व्यवस्था गर्न सम्बन्धित पदाधिकारीलाई आग्रह गर्नुभयो ।

    उहाँले प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारीलाई प्राथमिकतामा राख्दै उनीहरूको क्षमता र प्रतिभा प्रदर्शन गर्ने उपयुक्त वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । खेलाडीको मनोबल उच्च बनाउने र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक सहयोग उपलब्ध गराउने विषयमा परिषद् तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश गरिएका छन् । प्रतियोगिताका लागि वाग्मती प्रदेशमा अहिले जिल्लास्तरमा खेलाडी छनोट प्रक्रिया सञ्चालन भइरहेको छ । त्यसैगरी, कात्तिक १८ देखि २० गतेसम्म बन्द छनोट प्रक्रिया सञ्चालन गर्ने तयारी रहेको छ ।

    खेलाडी छनोटदेखि प्रतियोगितामा सहभागितासम्मका तयारीलाई व्यवस्थित बनाउँदै प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई प्रतिस्पर्धात्मक रूपमा तयार पार्ने विषय बैठकमा महत्त्वपूर्ण रहेको थियो । प्रतियोगितामा प्रदेशको प्रतिष्ठा कायम राख्न खेलाडी, प्रशिक्षक, खेलकुद पदाधिकारी तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा पनि जोड दिइएको थियो ।

    बैठकमा वाग्मती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुरेन्द्रवरसिंह थापा, मन्त्रालयका सचिव खुविराम अधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामा तथा परिषद्का सदस्यहरूको सहभागिता रहेको थियो ।

    बैठकमा सहभागी पदाधिकारीहरूले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, खेलाडी छनोट र प्रदेशको सहभागितालाई प्रभावकारी बनाउने विषयमा आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.