सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति


  •    न्युजभित्तो/१२ कार्तिक २०८३, बुधबार १०:४८ 
  • भरतपुर, ११ कात्तिक । नेपाली हाँस्य क्षेत्रका चर्चित स्टार्टअप कमेडियनहरुको उपस्थितिमा भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने भएको छ । भरतपुरस्थित होटल पौवामा हुने कार्यक्रममा नेपाली चर्चित हास्य कलाकारहरु सुमन कार्की, सुवोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्की लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ ।

    नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न सहरसम्म पुर्‍याउने उद्देश्यका साथ ग्लेज इन्टरटेनमेन्टको आयोजनामा देशका प्रमुख ६ प्रमुख शहरमा कमेडी उत्सव २०८३ अन्तर्गत चितवनमा कात्तिक १४ गते कार्यक्रम गर्न लागिएको हो ।

    कात्तिक ११ गते नेपालगञ्जको लिला प्यालेसबाट सुरु हुने यो उत्सव कात्तिक १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा, १७ गते बर्दिवास र कात्तिक १९ गते इटहरीमा आयोजना हुने ग्लेज इन्टरटेनमेन्टका अध्यक्ष विक्रम भण्डारीले जानकारी दिए ।

    कार्यक्रमले नेपाली हास्य मनोरञ्जनको सम्भावनालाई उजागर गर्दै स्थानीय दर्शकलाई आफ्नै सहरमा लोकप्रिय कलाकारहरूसँग रमाउने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

    साथै, देशभर मनोरञ्जनका विविध कार्यक्रमप्रति दर्शकको आकर्षण बढाउन र नेपाली कमेडी संस्कृतिलाई थप जीवन्त बनाउन उत्सवले योगदान पुर्याउने अपेक्षा गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले इसेवा मार्फत कार्यक्रममा सहभागिताका लागि टिकट लिन सकिने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.