सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सभ्य र सुरक्षित तरिकाले मनाइयो होली


  •    न्युजभित्तो/२३ फाल्गुन २०७९, मंगलवार ११:०६ 
  • चितवन,२३ फाल्गुन। चितवनमा सोमबार फागु पूर्णिमा (होली) सभ्य र सुरक्षित तरिकाले मनाइएको छ । जिल्लामा विशेषगरी पहाडी होली धुमधामसँग मनाउने गरिन्छ । आज तराई होली आदिवासी थारु लगायत केहि समुदायले मनाउने गर्छन् ।

    होली पर्व मनाउने संस्कृतिमा धेरै सुधार आएको जिल्ला प्रहरी कार्यालय चितवनले विश्लेषण गरेको छ । होली पर्वमा हुन सक्ने घटनालाई लक्षित गरेर चितवन प्रहरीले सोमबार जिल्लाको ३० ठाउँमा चेकिङ राखेको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले सोमबार जिल्लामा कुनै अप्रिय घटना नभएको बताए । ‘यसअघिको होलीमा ठूला दुर्घटना र अप्रिय घटना समेत भएका थिए । यसपाली आम समुदायले सभ्य तरिकाले होली मनाउनुभएको छ । झै–झगडा र मापसे गरेर सवारी चलाउने घटना पनि खासै भएन’, उनले भने ।

    पछिल्लो समय टिकटक बनाउनकै लागि भएपनि होली खेल्ने प्रवृत्ति देखिन्छ । जिल्लामा आज पनि होली मनाउने समुदाय रहेकाले हिजोको जस्तै सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सोमबार मादक पदार्थ सेवन गरी सवारी चलाउने एक जना मात्रै चालक कारबाहीमा परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.