गैँडाकोट,२४ फाल्गुन। नवलपुरको गैडाकोटमा रहेको मुकुन्दशेन टेलिभिजनमा बुधबार विहान चोरी भएको छ ।
बुधबार विहान करिब पौने तीन बजेतिर गैँडाकोटको कांग्रेसचोकमा रहेको टेलिभिजनको मुख्य कार्यालयमा चोरी भएको हो ।
टेलिभिजनमा जडान गरिएको सीसीटीभीमा एकजना अन्दाजी ४५ वर्षको देखिने व्यक्ति कार्यालयमा प्रवेश गरि क्यामेरा र ल्यापटप चोरी गरी लगेको देखिएको छ ।
टेलिभिजनका प्रवन्ध निर्देशक इतराज गुरुङ (अशिफ) का अनुसार चोरले बुधबार बिहान करिव २ः४२ बजे आफू सुतेको कोठामा बाहिरबाट चुक्कुल लगाई चोरी गरेको हो । टेलिभिजन कार्यालयबाट तीन थान क्यामेरा र दुई थान ल्यापटप चोरी भएको टेलिभिजनका प्रवन्ध निर्देशक असिफ गुरुङले जानकारी दिए ।