सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान


  •    न्युजभित्तो/१९ फाल्गुन २०७९, शुक्रबार ११:५३ 
  • चितवन,१९ फागुन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपुर जोड्ने नारायणी पुलमा ‘स्मार्ट’ सडक बत्ती जडान गरिएको छ । गएको जेठमा आएको हावाहुरीले पुलमाथिका विजुलीका पोल भाँचिएका थिए ।

    नेपाल विद्युत प्राधिकरणले नारायणी पुलमा जडान गरेको स्मार्ट सडक बत्तीको बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

    उनले कम्प्युटरमार्फत स्वीच अन गरेर सडक बत्ती उद्घाटन गरेकी हुन् । यी सडक बत्ती सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिने प्राधिकरणले जनाएको छ ।

    करिब ५ सय मिटर लामो पुलमा ११ वटा स्मार्ट बत्ती जडान भएको नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट सडक बत्ती जडानको काम भएको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए ।

    नारायणी पुलमा केन्द्रबाट स्मार्ट बत्ती राख्ने काम भएको हो । अहिले इन्स्टलेशन फेज छ । पछि हस्तान्तरण भएपछि भरतपुरबाटै सफ्टवेयरमार्फत बाल्न र निभाउन सकिन्छ’, उनले भने ।

    भरतपुर महानगरपालिकाको ‘उज्यालो भरतपुर’ कार्यक्रम अन्तर्गत विद्युत प्राधिकरणले भरतपुरका विभिन्न सडकमा ‘स्मार्ट लाईट’ जडान गर्ने काम गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.