समाज

बस्ती जोगाउन बुङखोलाको व्यवस्थापन गर्दै कालिका नगरपालिका
-न्युजभित्तो

चितवन,२१ असार। चितवनको कालिका नगरपालिकाले बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाको ५ वटा वडाका बस्ती बर्सेनि डुबानमा पर्दै आएकाले वडा नं ७ मा पर्ने बुङखोलालाई थाङखोलामा मिसाउने गरी व्यवस्थापनको काम सुरु गरिएको हो । बुङखोलादेखि...

अटोले पैदल यात्रीलाई ठक्कर दिँदा दुईजना घाइते
-न्युजभित्तो

चितवन,२१ असार। भरतपुर महानगरपालिका–९ मा अटोले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको छ । आज दिउँसो हाकिमचोकबाट धारे चोक जाँदै गरेको ना।१ ह।१६३९ नम्बरको अटोले दुई जना महिला पैदालयात्रीलाई ठक्कर दिँदा दुई महिला घाइते भएका हुन् । घाइते हुनेमा बर्दिया रामपुर घर...

मेघौलीमा आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइयो
-न्युजभित्तो

चितवन,२० असार। चितवनको मेघौलीमा बस्तीमा पसेर आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ।  बाघले भरतपुर–२७ बुद्धनगर गाउँमा गएराति पसेर भैंसीलाई आक्रमण गरेको थियो। उक्त बाघलाई चितवन निकुञ्जका हात्तीहरूले घेरेर निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूले नियन्त्रणमा लिएका हो। नियन्त्रणमा लिइएको...

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गैँडा मारेको अभियोगमा तीन जना पक्राउ
-न्युजभित्तो

चितवन,२० असार। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज...

भरतपुर बाइपास रोड विस्तारमा चरम लापरबाही
-न्युजभित्तो

चितवन,२० असार। भरतपुरमा असारे विकासले तीव्रता लिएको छ । पानी परिरहेका बेला बाइपास रोडमा कालोपत्रे (पिच) गरेर ठेकेदारले चरम लापरबाही गरेको स्थानीयको गुनासो छ । बाइपास रोडको नहर चोकमा मंगलबार पानी पर्दापर्दै कालोपत्र गरिएको र उक्त हातले सजिलै उप्किएको...

नारायणी नदी सहित देशका विभिन्न नदीहरुमा बाढीको जोखिम उच्च
-न्युजभित्तो

चितवन,२० असार। आज नारायणी नदी सहित देशका विभिन्न नदीहरुमा बाढीको जोखिम उच्च छ । बाढी पूर्वानुमान् महाशाखाका अनुसार नारायणी, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र यी नदीका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । बिहानको मापन...

नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना
-न्युजभित्तो

भरतपुर,१९ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा  अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । पहिराका कारण सडकखण्ड पटक–पटक अवरुद्ध भएर यात्रुले सास्ती पाएपछि आजदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । बर्सातको समयमा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा प्रहरी...

चितवनमा गत वर्षभन्दा धेरै कम राजश्व संकलन
-न्युजभित्तो

चितवन,१९ असार । चितवनको उद्योग र व्यवसाय क्षेत्रमा देखिएको निराशाको असर राजश्व संकलनमा परेको छ । यस आर्थिक वर्षको मध्य असारसम्म चितवनमा राजस्व संकलन गत वर्षभन्दा धेरै कम भएपछि आर्थिक मन्दीको असर देखिएको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत वर्ष...

वकिलबाट असुरक्षा बढेको भन्दै सुरक्षा माग्दै ललितपुर अदालतका सबै कर्मचारी सर्वोच्चमा
-न्युजभित्तो

काठमाडौं,१९ असार। जिल्ला अदालत ललितपुरका कर्मचारी वकिलबाट असुरक्षा बढेको भन्दै सर्वोच्च अदालत पुगेका छन् । जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरको कार्यकक्षमा पुगेका छन्...

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१९ असार । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको...