सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन


  •    न्युजभित्तो/१७ कार्तिक २०८३, सोमबार १५:२३ 
  • नारायणगढ (चितवन), १६ कात्तिक । जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन दिएको छ ।

    जिल्लाका विभिन्न स्थानमा प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण भइरहेको र माछाको आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा प्रयोग गर्ने गरेको पाइएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको अनुगमन टोलीले भरतपुर महानगरपालिका विभिन्न मत्स्य फार्मको हालै अनुगमन गरेको थियो । अनुगमनका क्रममा तीनवटा फार्ममा प्रतिबन्धित माउर माछापालन गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कतिपय माछा पोखरीमा दुर्गन्धित मासु र सडेगलेका अण्डा माछाको आहारका रूपमा प्रयोग गर्ने गरेको पनि भेटिएको छ । प्रशासनले सम्बन्धित फार्म सञ्चालकलाई प्रतिबन्धित माछा तत्काल नष्ट गर्न, त्यस्ता आहारको प्रयोग बन्द गर्न तथा पोखरी र आसपासको क्षेत्र सफा राख्न निर्देशन दिएको छ ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले गत भदौमै अनुगमन गरी प्रतिबन्धित माछापालन नगर्न सचेत गराइएको भए पनि त्यसको कार्यान्वयन नभएकाले अहिले तत्काल माछा नष्ट गर्न निर्देशन दिनुपरेको बताउनुभयो । उहाँले प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिनुभयो ।

    पशु सेवा कार्यालय भरतपुरका प्रमुख प्रभात न्यौपानेले पटकपटक सचेत गराउँदा पनि माउर माछापालन नरोकिएपछि तत्काल नष्ट गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार पोखरीमा माछाको आहारका रूपमा फोहोर तथा सडेगलेका पक्षीजन्य पदार्थ प्रयोग गरेको पाइएको छ । त्यस्ता सामग्री आपूर्ति गर्ने ह्याचरीलाई पनि सचेत गराइएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले माउर माछा प्राकृतिक जलाशयमा पुगेमा अन्य जलचर प्राणी तथा स्थानीय जातका माछालाई असर पु¥याउन सक्ने बताउनुभयो । यसले स्थानीय माछाको अस्तित्व सङ्कटमा पार्नुका साथै प्राकृतिक जलस्रोतको जैविक विविधतामा पनि नकारात्मक असर पु¥याउन सक्ने उहाँको भनाइ छ ।

    प्रशासनले जिल्लाका सबै माछा व्यवसायीलाई माउर माछाको पालन तथा बिक्रीवितरण नगर्न र आम उपभोक्तालाई पनि त्यस्ता माछा खरिद नगर्न अनुरोध गरेको छ । प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण गरेको वा माछाको आहारका रूपमा सडेगलेका पशुपक्षीजन्य पदार्थ प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

    पशु सेवा कार्यालयका अनुसार चितवनमा करिब एक हजार हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ । जिल्लाको माडी नगरपालिका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माछा जोन क्षेत्र पनि हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.