सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना


  •    न्युजभित्तो/१९ असार २०८०, मंगलवार १६:३७ 
  • भरतपुर,१९ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा  अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । पहिराका कारण सडकखण्ड पटक–पटक अवरुद्ध भएर यात्रुले सास्ती पाएपछि आजदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
    बर्सातको समयमा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिकसहित ६ जना तैनाथ रहेनछन् ।
    पोष्ट स्थापनापछि लाइफलाइनका रुपमा रहेको यस सडकखण्डमा हुनसक्ने विपत्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सहज हुने प्रवक्ता पण्डितले विश्वास व्यक्त गर्नुभयो । प्रहरी पोष्ट हाल जलवीरेको देवी मन्दिरमा रहनेछ । पहिरोका समयमा सडक पुनः सञ्चालन  र यात्रुलाई आवश्यक सहयोगका लागि यही असार १३ गते बसेको जिल्ला सुरक्षा समितिले पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.