सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे


  •    न्युजभित्तो/१५ कार्तिक २०८३, शनिबार १७:४९ 
  • भरतपुर, १४ कात्तिक नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले आफूहरुले कहिल्यै भ्रष्टाचार नगरेको तर फिरौती रकम दिएको बताउनु भएको छ । निर्माण व्यवसायी संघ चितवनको ३२ औं वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनलाई आज भरतपुरमा सम्बोधन गर्दै उहाँले आफूहरुले जुन काम गर्ने गरेका छौं, त्यो ईच्छाले नभई बाध्यात्मक परिस्थितिले गर्ने गरेको बताउनु भएको हो ।

    अध्यक्ष पाण्डेले भन्नुभयो “हामीले भ्रष्टाचार कहिल्यै गरेका छैनौं, हामीले फिरौती दिएका छौं ।” व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले अगाडि थप्नुभयो “यो पटक फिरौती दिंदै गर्दा खेरी यहाँहरुले सम्झिनुहोला कि, फिरौती नदिंदाखेरी तपाईहरुप्रति जुन कुरा आईलाग्छ, त्योभन्दा नराम्रो कुरा आईलाग्छ ।” ठेक्का पाईसकेपछि पाउने मोबिलाईजेसन एडभान्सलाई अपचलन नगरिदिन पनि उहाँले निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

    अहिलेको खरिद ऐनबाट धेरै कुराको सुविधा पाएको भन्दै उहाँले भन्नुभयो “कुनै पनि सरकारी कर्मचारी वा इञ्जिनियरले करारसँग बाँझिने अर्काे बाध्यकारी करार तपाईहरुसँग गराउँछ भने त्यो स्वतः कानुनसम्मत अमान्य हुन्छ र त्यो गर्ने गराउने कर्मचारीलाई विभागीय कारवाही हुने ऐनमा लेखिएको छ ।”

    फिरौती दिनु पर्ने बाध्यताका बारेमा स्पष्ट पार्दै उहाँले भन्नुभयो “मसान्त आउन लागेको हुन्छ, हाम्रो बिल बनाउन कर्मचारी इञ्जिनियरहरुले आनाकानी गर्नुहुन्छ । अनि बाध्य भएर फिरौती दिनुहुन्छ ।” उहाँले अगाडि थप्नुभयो “म्याद थप नगरी काम हुने वाला छैन, बिलको भुक्तानी हुने वाला छैन । कर्मचारीहरुले अब कुनै सरकारलाई आर्थिक भार नपर्ने गरी यो म्याद थप लिन्छु भनेर सही गराउँछ भने त्यो कर्मचारीलाई कारवाही हुन्छ । त्यो ऐनमा व्यवस्थित छ ।”

    आफूहरुले यस्ता समस्या समाधान गर्न सात वटै प्रदेशमा एक–एक जना कानुन व्यवसायीको व्यवस्था गरेको र आगामी दिनमा चितवन जस्ता जिल्लामा पनि कानुन व्यवसायीको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

    वर्तमान खरिद ऐन सरल बन्दै गएको भन्दै उहाँले एभरेज बिलिङले काम गुणस्तरीय र छिटो हुने बताउनुभयो । टेण्डर प्रक्रियामा हार्डकपीले केही असहज भएपनि यस अघिको अनलाईन धेरै कमजोर रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “त्यो अनलाईनले ह्याक भएर जो पनि फस्न सक्ने अवस्था थियो ।” छिट्टै त्यसलाई सुधार गरेर अनलाईन शुरु गर्न आफूहरुले सरकारसाग आग्रह गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

    कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष रामजी पन्त, नेपाली कांग्रेस चितवनका सभापति राजेश्व खनाल, प्रदेश सभा सदस्य सुमन सापकोटा, राप्रपा जिल्ला सचिव दिनेश अधिकारी, महासंघका केन्द्रीय सदस्य केशव लामिछाने लगायतले बोल्नु भएको थियो । संघका जिल्ला अध्यक्ष दिनेशचन्द्र न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम महासचिव पुष्कर अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

    आजै संघको बन्द सत्र हुने छ भने भोलि कात्तीक १५ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

    चार अग्रत्र पत्रकारलाई सम्मान

    सो अवसरमा चितवनका चार जना अग्रज पत्रकारलाई सम्मानित गरिएको छ । “निर्माण–पत्रकारिता, अग्रज पत्रकार सम्मान २०८३, प्रथम” बाट चितवनका चार जना पत्रकार सम्मानित हुनु भएको हो । सम्मानित हुनुहुनेमा पत्रकारहरु शान्ता अधिकारी, नारायण अधिकारी, नवराज ढकाल र तिलक रिमाल हुनुहुन्छ ।

    संघका जिल्ला सचिव एवं सम्मान तथा पुरस्कार व्यवस्थापन समितिका संयोजक शिव ढकालले विगतदेखि नै पत्रकारहरुलाई सम्मानित गरिंदै आएको भएपनि यस पटकबाट उक्त सम्मान कार्यक्रमलाई व्यवस्थित गर्दै चितवनमा रहेर दुई दशकभन्दा बढी पत्रकारिता गर्नुहुने पत्रकारहरुलाई “निर्माण–पत्रकारिता, अग्रज पत्रकार सम्मान २०८३” बाट पहिलो पटक सम्मानित गरिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    • दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.