सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा गत वर्षभन्दा धेरै कम राजश्व संकलन


  •    न्युजभित्तो/१९ असार २०८०, मंगलवार १६:३१ 
  • चितवन,१९ असार । चितवनको उद्योग र व्यवसाय क्षेत्रमा देखिएको निराशाको असर राजश्व संकलनमा परेको छ ।

    यस आर्थिक वर्षको मध्य असारसम्म चितवनमा राजस्व संकलन गत वर्षभन्दा धेरै कम भएपछि आर्थिक मन्दीको असर देखिएको हो ।

    आन्तरिक राजश्व कार्यालय भरतपुरले गत वर्ष राजश्व संकलनको लक्ष्य भन्दा बढी १०१ प्रतिशत राजश्व संकलन गरेको थियो । यस आर्थिक वर्षको असारको १९ गतेसम्म आइपुग्दा ७२।७६ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ । यस वर्ष राजश्व संकलनको लक्ष्य भेट्न नसक्ने कार्यालयको आकलन देखिन्छ ।

    आन्तरिक राजश्व कार्यालय भरतपुरका सूचना अधिकारी विष्णुबहादुर राउतले यस वर्ष आर्थिक मन्दीको असर राजश्व संकलनमा परेको बताए । उनले भने, ‘ आन्तरिक राजश्व कार्यालय भरतपुरले संकलन गर्ने राजश्वको ८० प्रतिशत राजश्व अन्तशुल्कमा आधारित छ । जसमा मुख्य बियर कम्पनीहरुले तिर्ने राजश्व पर्छ । अपेक्षितरुपमा बियर कम्पनीहरुले व्यापार गर्न नसकेको कारणले यस वर्ष लक्ष्यअनुरुप राजश्व उठ्न नसकेको हो । जसलाई आर्थिक मन्दीको असरको रुपमा लिन सकिन्छ ।’ उनले मानिसको क्रयशक्ति घट्नुको साथै घरजग्गाको कारोबार पनि सोचेजति हुन नसक्नुका कारण राजश्वमा कमी आएको विचार राखे । उनले भने, ‘ होटल, घरजग्गा व्यवसायी, बियर कम्पनीहरु सबै व्यापार नै छैन भन्छन् । मानिसले खासै बजारमा खर्च गरेका छैनन् । जसको चौतर्फी असर यस वर्ष राजश्व संकलनमा पर्‍यो ।’

    आन्तरिक राजश्व कार्यालय भरतपुरको चालु आर्थिक वर्षको राजश्व उठाउने लक्ष्य २६ अर्ब २६ करोड रहेको छ तर असार १९ गतेसम्म १९ अर्ब ११ करोड राजश्व उठेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक मन्दी र व्यवसाय क्षेत्रमा देखिएको निराशाको असर राजश्व संकलनमा परेको बताए । उनले भने, ‘ नारायणगढ बजारका दोकानहरु बन्द छन् । ठाउँठाउँमा शटर भाडामा भनेर झुण्ड्याइएको तुलहरु देख्न सकिन्छ । उद्योगहरुले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् । बैँकले ताकेता गरेकोले व्यवसायीहरुको ध्यान राजश्वतिर भन्दा पनि बैँकको किस्ता कसरी तिर्ने भन्ने तिर गएकोले आर्थिक मन्दीको असर राजश्वमा देखिएको हो ।’ उनले मौद्रिक संकुचन तथा नगद तरलताको कारणले देशको आर्थिक परिसूचकहरु राम्रो नभएको बताए । नयाँ आर्थिक वर्ष सुरु भएपछि आउने राष्ट्र बैँकको मौद्रिक नीतिले केही हदसम्म भए पनि उद्योगी र व्यवसायीले भोगेका समस्याको समाधान गर्ने आशा अध्यक्ष श्रेष्ठको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.