सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वकिलबाट असुरक्षा बढेको भन्दै सुरक्षा माग्दै ललितपुर अदालतका सबै कर्मचारी सर्वोच्चमा


  •    न्युजभित्तो/१९ असार २०८०, मंगलवार ११:२४ 
  • काठमाडौं,१९ असार। जिल्ला अदालत ललितपुरका कर्मचारी वकिलबाट असुरक्षा बढेको भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

    जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरको कार्यकक्षमा पुगेका छन् ।

    नेपाल बार एशोसिएशनका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले आफ्नो र नासु प्रेमिका तामाङको नामै किटेर भ्रष्टाचारको आरोप लगाउँदै सरुवा माग गरेको र धम्की दिएकाले असुरक्षित भएर सर्वोच्चमा आएका पाण्डेले बताए ।

    उनले भने– हामीले अदालतको काम रोक्ने भनेको छैन, तर हाम्रो सुरक्षा कसरी हुन्छ भनेर छलफल गर्न आएका हौँ । बार जस्तो जिम्मेवार संस्थाले नै हाम्रो नामै किटेर धम्की दिएको छ, कर्मचारीलाई भ्रष्ट भनेका छन्, हाम्रो पछाडि मान्छे लगाउने धम्की आएको छ । यस्तो वातावरणमा काम गर्न सकिन्न ।

    नेपाल बारले नासु प्रेमिका तामाङले अदालतको आदेशको कपी माग्दा अधिवक्ता अमिर लामिछानेसँग घुस मागेको आरोप लगाउँदै उनीसहित श्रेष्तेदारको सरुवा माग गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.