सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर बाइपास रोड विस्तारमा चरम लापरबाही


  •    न्युजभित्तो/२० असार २०८०, बुधबार ११:१५ 
  • चितवन,२० असार। भरतपुरमा असारे विकासले तीव्रता लिएको छ । पानी परिरहेका बेला बाइपास रोडमा कालोपत्रे (पिच) गरेर ठेकेदारले चरम लापरबाही गरेको स्थानीयको गुनासो छ । बाइपास रोडको नहर चोकमा मंगलबार पानी पर्दापर्दै कालोपत्र गरिएको र उक्त हातले सजिलै उप्किएको स्थानीयको आरोप छ ।

    हिउँदभरी विभिन्न बहाना बनाएर बसेको ठेकेदार कम्पनीले असार लागेपछि कामलाई तीव्रता दिएको हो । असारमा पानी पर्छ भन्ने जान्दा जान्दै पनि ठेकेदारले असार कुरेर बसेको र ठेक्काको म्याद सकिन केहि दिन मात्रै बाँकी रहँदा भुक्तानी लिनकै लागि पानी परिरहेका बेला कालोपत्रे गरिएको स्थानीयको भनाइ छ ।

    सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले मंगलबार काम गर्दा गर्दै अचानक पानी परेको बताए । कालोपत्रे ‘सेट’ हुन कम्तिमा २४ घण्टा लाग्ने भन्दै उनले स्थानीयले तुरुन्तै कालोपत्रे उप्काएको बताए । ‘काम गर्दा गर्दै पानी आयो । ल्याइसकेको माल त हालिदिन पर्‍यो । त्यसलाई सेट हुन २४ घण्टा लाग्छ’, उनी भन्छन्, ‘तातैमा ले गरिएको थियो । उतिखेरै निकालेपछि त हातले निकाल्न सकिन्छ नि ।’

    प्राविधिक जाँच गर्न बाँकी नै रहेकाले कुनै कमजोरी देखिए सच्याउन सकिने उनले बताए । बाइपास रोडको विशाल चोक–आँपटारी खण्ड र विशाल चोकदेखि केन्द्रिय बसपार्क चोक सम्मको दुवैतर्फ एकरएक लेन थप गरी कालोपत्रे गर्ने जिम्मा रायमाझी–पशुपती जेभीले पाएको हो ।
    २६ करोड ६ लाख ६६ हजार ७५३ रुपैयाँ लागमा उक्त काम गर्न ठेकेदार कम्पनीसँग २०७७ असार २६ गते सम्झौता भएको थियो।

    सुरुमा २०७८ फागुन २० गते भित्र काम सक्ने सम्झौता थियो । तर, पछि म्याद थप गरेर २०८० असार मसान्तसम्म पु¥याइयो । असार मसान्तसम्म पनि ठेकेदारले काम नसक्ने देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.