खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
न्युजभित्तो/१५ कार्तिक २०८३, शनिबार १९:५९
हेटौँडा, १४ कात्तिक । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले खेलकुदलाई समाजमा सकारात्मक सोच, अनुशासन र एकताको माध्यमका रूपमा विकास गर्दै व्यावसायिक बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ मा आयोजित स्वर्गीय सुमन गोले र रमेश मगरको स्मृतिमा सञ्चालित राष्ट्रिय वडा अध्यक्ष कप राष्ट्रिय स्नूकर च्याम्पियनसिप प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले खेलकुदको विकासले स्वस्थ, अनुशासित र सकारात्मक सोच भएको समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
प्रतियोगिताको फाइनलमा विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै उहाँले खेलकुदलाई मनोरञ्जनको माध्यममा मात्रै सीमित नराखी यसलाई व्यावसायिक, प्रतिस्पर्धात्मक र सम्मानित क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री तामाङले खेलकुदका सबै विधाको संरक्षण, प्रवर्द्धन र विकास आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि खेललाई सानो वा ठूलो भनेर विभेद गर्न नहुने बताउनुभयो । विभिन्न खेल विधामा आबद्ध खेलाडीको क्षमता पहिचान गरी उनीहरूलाई आवश्यक अवसर, प्रशिक्षण र प्रोत्साहन उपलब्ध गराउन सके खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान स्थापित गर्न सकिने उहाँको भनाइ थियो ।
उहाँले स्थानीय तहदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउँदै खेलकुद क्षेत्रको विकासका लागि सरकार, स्थानीय तह, खेलकुदसँग सम्बन्धित संघसंस्था र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१५ का वडाध्यक्ष सुनिल मोक्तानले मकवानपुर जिल्लालाई खेलकुदको केन्द्र (हब) का रूपमा विकास गर्न प्रदेश सरकारले विशेष सहयोग र लगानी गर्नुपर्ने बताउनुभयो । जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार, प्रशिक्षण र खेलाडी प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठलगायतले मकवानपुरमा खेलकुदको सम्भावना उच्च रहेकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
स्वर्गीय सुमन गोले र रमेश मगरको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले खेलकुदमार्फत उनीहरूको योगदानको स्मरण गर्नुका साथै स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापनसँगै फाइनलमा विजयी खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।