चितवन,२१ असार। भरतपुर महानगरपालिका–९ मा अटोले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको छ ।
आज दिउँसो हाकिमचोकबाट धारे चोक जाँदै गरेको ना।१ ह।१६३९ नम्बरको अटोले दुई जना महिला पैदालयात्रीलाई ठक्कर दिँदा दुई महिला घाइते भएका हुन् ।
घाइते हुनेमा बर्दिया रामपुर घर भई भरतपुर–८ शरदपुर बस्ने २० वर्षकी प्रेरणा धामी र दाङ शान्तिनगर गाँउपालिका वडा नं ३ घर भई अहिले भरतपुर–८ बस्ने वर्ष २१ की निशा पुरी रहेकी छन् ।
दुवै जना घाइतेलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणी अनलाइनलाई जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुवै जना घाइतेको अवस्था मध्यम रहेको छ । अटो चालक धादिङ मलेखु गाउँपालिका–१ बस्ने वर्ष २० का हरि सिलवाल रहेका छन् । अटो र अटो चालक प्रहरी चौकी नारायणगढको नियन्त्रणमा रहेका छन् ।