समाज
महोत्तरी, १० जेठ । महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी...
चितवन, १० जेठ । भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा...
काठमाडौँ, १० जेठ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका...
काठमाडौँ १० जेठ । आज १ नं. प्रदेश लगायतका भू-भागका पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । आज राति प्रदेश १, बागमाती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
काठमाडौँ, १० जेठ । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो...
झापा, १० जेठ । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन...
चितवन,०९ जेठ । नेपाल विद्यार्थी संघले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरेको छ। कोरोनाभाइरस महामारीपछि अहिले देशका ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ। निषेधाज्ञाबीच नै नेविसंघ कार्यकर्ता भने सडकमा देखिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी...
काठमाडौं,९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । ...
काठमाडौँ, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय...
काठमाडौं,९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालले निर्लज्जताको सीमा नाघेको बताएका छन् । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै उनले भने, ‘यो निलज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन...













