सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १०:४५ 
  • चितवन, १० जेठ । भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन हुनुहुन्छ ।

    चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आउनुभएकी उहाँ काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषेधाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने गर्नुहुन्थ्यो । उहाँले भन्नुभयो, “आजभन्दा २१ दिनअघि चाउचाउ बिस्कुटबाट शुरु गरेको खाना खुवाउने अभियान अहिले आएर निःशुल्क खाना सेवा अभियानमा पुगेको छ ।” मानिस रोगले भन्दा भोकले मर्ने देखेपछि उहाँ आफ्नो जागिरबाट राजीनामा दिएर मानव सेवामा लाग्नुभयो । जागिरबाट राम्रो कमाइ भएको भए पनि उहाँले त्योभन्दा भोकालाई खाना खुवाउँदा आफुलाई सन्तुष्टि मिलेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “शुरुमा चाउचाउ बिस्कुट बाँढेँ । पछि माधव हमालसँग सल्लाह गरेर खाना बनाएर भोका मान्छे खोज्दै खाना खुवाउन थाल्यौँ ।” शुरुमा सडक छेउमा खाना बनाएर प्याकिङ गरेर रिक्सामा राखी खाना खान नपाएका मान्छेहरु खोज्दै हिडेको उहाँले सम्झनुभयो । रिक्सामा राखेर खाना बाँड्न जाँदा समस्या भएपछि शुरुआतमा नारायणी नदी किनारमा खाना बनाएर खुवाउन थाले पनि पछि त्यहाँ छाडेर केन्द्रीय बस ट्रमिनल हाकिमचोकमा आएर खाना बनाउने र खुवाउने काम गरिएको उहाँले जानकारी दिनुभयो ।

    खाना बनाएर हाकिमचोकमा ६५ जना र कमलनगर, नगरवन रोड, पुलचोक, लीलाचोक, बेलटाँडी र पोखरा बसपार्कसम्म खाना पु¥याउँदै भोकालाई खाना खुवाउने काम गरिएको हमालले बताउनुभयो । अहिले एक छाकमा १२० जनालाई खाना खुवाउन थालिएको उहाँले जानकारी दिनुभयो । बिहान १० बजे र साँझ ६ः३० बजे बेवारिसेहरुलाई खाना खुवाउने गरिएको छ । खाना बनाउने कार्यमा दैनिक आठ जना बिहान ६ बजेदेखि राति अबेरसम्म खट्ने गरेका छन् ।

    बेसहारालाई खाना बनाएर खुवाउने गरेको थाहा पाएपछि घरधनीले कोठा छाड्न आग्रह गरेको पवित्राले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “बेसहारालाई खाना खुवाउन हिँड्न थालेपछि घरबेटीले कोठा छोड्न भन्नुभयो । अहिले कोठा नछाडे पनि दिदीको घर थानिचोकमा बस्दै आएकी छु ।” अहिले निःशुल्क खाना सेवा अभियानमा भरतपुरका विभिन्न सङ्घ संस्था जोडिएकाले केही सहज भएको उहाँले जानकारी दिनुभयो ।

    यस अभियानमा अहिले रिकभरी नेपाल वाग्मती प्रदेश, द युनाइटेड चितवन, न्यू वे फाउण्डेसन, युवा समाज भरतपुर, सन्देश फाउण्डेसन, निर्णय नेपाल काठमाडौँ र विश्व हिन्दू युवा सङ्घले सहयोग गर्दै आएका छन् । पछिल्लो सात दिनदेखि यी संस्था अभियानमा जोडिएसँगै स्मार्ट टिम चितवनको नाममा सेवा दिँदै आइएको अभियानका संयोजक दिवाकरराज श्रेष्ठले जनाकारी दिनुभयो । ती संस्था जुटेसँगै कोठा भाडामा लिएर बस्ने र दैनिक ज्याला मजदुरी गर्नेहरुलाई समेत खाद्यान्न वितरण गर्न थालिएको छ ।

    खाना खान आउनुभएकी ४० वर्षीया विष्णुमाया शर्मा अहिले काम नपाएपछि यहाँ आएर खाना खाने गरेको बताउनुहुन्छ । पहिला इँटा लोड र अनलोड गर्ने काम गर्दै जीविकोपार्जन गर्ने गरेको भए पनि कोरोना कहरका कारण जीवन चलाउन मुस्किल पर्ने गरेको उहाँको भनाइ छ । अहिले काम नभएपछि भाडा तिर्न नसकेर सडक पेटीमै बस्दै आएको उहाँले बताउनुभयो । जनकपुर घर बताउने उहाँ घर जान पाए घर गएर बस्ने बताउनुहुन्छ ।

    यस्तै तनहुँ घर भएका विनोद सिञ्जाली मगर अहिले काम नपाएपछि कहिले भोकै त कहिले यहाँ आएर खाना खाने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “काम खोज्न जाँदा कोरोना आयो भन्छन् । खानलाई समस्या पर्छ । बिहान बेलुका यहाँ आएर खाना खायो । दिनभरी यसै बस्नुपरेको छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.