सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव नेपालबारे ओलीको टिप्पणी : यत्तिको निर्लज्जता कहीं देखिएको छैन


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार १६:२९ 
  • काठमाडौं,९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालले निर्लज्जताको सीमा नाघेको बताएका छन् ।

    आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै उनले भने, ‘यो निलज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, यस्तो दुनियाँमा रेकर्ड छैन ।’‘बस्न मन छैन भने इमान देखाउँछन् । म एमालेको वरिष्ठ नेता भनेर सही गरेर लाजमर्दो गरी जाँदैन । एमालेका नेताविरुद्ध विपक्षी पक्षमा हस्ताक्षर गरेर म एमालेको वरिष्ठ भनेर ङिच्च दाँत देखाएर बस्ने १ यति निर्लज्जता दुनियाँमा कहीं देखिएको छैन ।’

    डुप्लिकेट पार्टी दर्ता गरेको, षड्यन्त्र नै षड्यन्त्र गरेको भन्दै उनले भने, ‘हामीले स्पष्टीकरण सोधेका छौं । उहाँहरुको जवाफ हेरौं, तदनुसार जे गर्नुपर्ने गर्छौं ।’

    केहीलाई भ्रममा पारेर पनि सही गराएको भन्दै उनले सच्चिएर आउन खोज्ने, गल्ती महसुस गर्नेहरुलाई साथमा लिएर जाने बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘गल्ती महसुस गर्ने साथीहरुलाई फेरि साथै लिएर अगाडि जान तयार छौं । यो उहाँहरुको हातमा छ । भीरबाटै खस्ने हो भने त हाम्रो के लाग्छ ?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.