समाज

सोमबार पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
-न्युजभित्तो

काठमाडौं,१० जेठ । साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको...

सांसद वाग्लेलाई आमा खुवाउने औसीमा छोराछोरीले उपहार दिएको रकमले अस्पताललाई अक्सिजन
-न्युजभित्तो

चितवन, १० जेठ । आमा खुवाउनने औसीमा छोराछोरीले उपहारमा दिएको रकम सबैका लागि प्यारो लाग्छ । त्यही रकमले बागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले अस्पताललाई अक्सिजन सिलिण्डर दिनुभएको छ...

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन
-न्युजभित्तो

काठमाडौं,१० जेठ। भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान ३ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बस्नेत भोजपुर क्षेत्र नम्बर १...

प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान
-न्युजभित्तो

वाग्मती, १० जेठ । वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १...

विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्न माधव पक्षका सांसदहरु सिंहदरवारमा
-न्युजभित्तो

काठमाडौँ, १० जेठ । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका छन्। विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आझ सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका...

चितवन राष्ट्रिय निकुञ्जद्वारा २४ जना पक्राउ, बोलेरो जीप र दुई स्कूटर बरामद
-न्युजभित्तो

चितवन, १० जेठ । चितवन राष्ट्रिय निकुञ्जले२४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले न्यूजभित्तोलाई दिनुभएको जानकारी अनुसार आज सोमबार बिहान ३...

सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
-न्युजभित्तो

जलेश्वर, १० जेठ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि...

सुगम जिल्लाको दुर्गम ठाउँमा कोरोना नियन्त्रणमा सक्रिय ‘हिरो’
-न्युजभित्तो

 धनगढी, १० जेठ । डा गगन चौधरी राम्ररी सुत्न नपाउनु भएको महिना दिनभन्दा बढी भइसक्यो । बिरामीहरूको उपचारमा तल्लीन भएका कारण उहाँलाई आजभोलि निद्रा पनि खासै लाग्दैन । उहाँ सुत्नु परे पनि बिरामीको जाँच गर्दागर्दै त्यही आफ्नो टेबलमा बस्दाबस्दै...

आरोग्य सेवा केन्द्रमा सेवाग्राही वृद्धि
-न्युजभित्तो

टिस्टुङ, १० जेठ । कोरोना सङ्क्रमण तीव्र भइरहेको बेला मकवानपुरका नागरिक आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरु बढ्दै गएका छन् । यसै वर्षदेखि सञ्चालनमा आएको मकवानपुरको चारवटै आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरुको सङ्ख्या बढ्दै गएको नारायणी अञ्चल आयुर्वेदिक औषधालय चिकित्सक सृष्टि श्रेष्ठले बताउनुभयो...

काठमाडौंमा निषेधाज्ञा एकसाता लम्बिँदै, सीडीओ भन्छन्- थप कडाइ गर्छौं
-न्युजभित्तो

काठमाडौं,१० जेठ । कोरोनभाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । मंगलबार बस्ने उपत्यकास्थित...