सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आरोग्य सेवा केन्द्रमा सेवाग्राही वृद्धि


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार ११:१४ 
  • टिस्टुङ, १० जेठ । कोरोना सङ्क्रमण तीव्र भइरहेको बेला मकवानपुरका नागरिक आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरु बढ्दै गएका छन् ।

    यसै वर्षदेखि सञ्चालनमा आएको मकवानपुरको चारवटै आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरुको सङ्ख्या बढ्दै गएको नारायणी अञ्चल आयुर्वेदिक औषधालय चिकित्सक सृष्टि श्रेष्ठले बताउनुभयो ।

    मकवानपुरमा अञ्चल आयुर्वेद औषधालयमातहत थाहा नगरपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

    आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्दा अन्य नकारात्मक असरहरु नपर्ने र कोरोनासँग जुध्न आयुर्वेदिक औषधिको उपयोग महत्वपूर्ण हुने थाहा पाएर आरोग्य केन्द्रमा सेवाग्राहीहरुको सङ्ख्या बढ्दै गएको चिकित्सक श्रेष्ठले बताउनुभयो ।

    रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी हुने विश्वासले आयुर्वेदप्रति आकर्षण बढेको औषधालयका सूचना अधिकारी वैकुण्ठ आचार्यले बताउनुभयो । गत वर्ष सात हजार ९९० जनाले आयुर्वेद औषधालयबाट उपचार तथा परामर्श लिएका थिए । यस वर्ष स्थानीय तहहरुमा समेत आरोग्य केन्द्रहरु सञ्चालनमा आएको र कोरोनाको सङ्क्रमण दर पनि उच्च भइरहेकाले सेवाग्राहीहरुको सङ्ख्या बढेको उहाँले बताउनुभयो । नागरिक आरोग्य सेवा केन्द्रहरुमा एक कविराजसहित तीन कर्मचारीको व्यवस्था गरिएको छ ।

    कविराजहरुले कोरोनासँग जुध्न अश्वगन्धा, गुर्जो, मधु र चिथोपल्लाजी चूर्णको प्रयोग गर्न सुझाउनुका साथै अन्य आवश्यक परामर्श दिने गरेका छन् । आरोग्य सेवा केन्द्रमा दैनिक परीक्षण तथा आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण गर्नुका साथै योग अभ्याससम्बन्धी जानकारी दिने गरिएको छ । त्यसैगरी स्थानीयस्तरमा पाइने जडीबुटीको उपयोग तथा प्रयोग विधिबारे जानकारी दिने गरेको चिकित्सक श्रेष्ठले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.