सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जद्वारा २४ जना पक्राउ, बोलेरो जीप र दुई स्कूटर बरामद


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार ११:२८ 
  • चितवन, १० जेठ । चितवन राष्ट्रिय निकुञ्जले२४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले न्यूजभित्तोलाई दिनुभएको जानकारी अनुसार आज सोमबार बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २६ भगेडी स्थित नारायणी नदी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट एउटा बोलेरो जीप, दुई वटा स्कूटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानुनी कारवाही गरिने निकुञ्जले जनाएको छ ।

    निकुञ्ज आसपासका नदी तथा खोलाहरुमा अनुमति प्राप्त व्यक्तिहरुले मात्रै तोकिएका औजार प्रयोग गरेर माछा मार्न पाउने व्यवस्था रहेको छ । तिवारी जाल प्रयोग गर्न निषेध छ । निषेधित जालको प्रयोग गरी अनुमति नलिएका व्यक्तिहरुबाट माछा मार्नु गैरकानुनी कार्य भएको निकुञ्जले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.