सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सांसद वाग्लेलाई आमा खुवाउने औसीमा छोराछोरीले उपहार दिएको रकमले अस्पताललाई अक्सिजन


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १२:१४ 
  • चितवन, १० जेठ । आमा खुवाउनने औसीमा छोराछोरीले उपहारमा दिएको रकम सबैका लागि प्यारो लाग्छ । त्यही रकमले बागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले अस्पताललाई अक्सिजन सिलिण्डर दिनुभएको छ । वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई पाँच थान सिलिण्डर र एउटा ट्रलि उपलब्ध गराउनु भएको हो ।

    वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र बिनोद श्रेष्ठलाई ती सामग्री आज हस्तान्तरण गर्नुभयो । उहाँका अनुसार अष्ट्रेलियाको सिड्नीमा रहनु भएकी छोरी रञ्जु वाग्ले थापाले औसीमा पठाएको एक हजार अष्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको रु.१० हजारले ती सामग्री खरिद गरेर सहयोग गरेको बताउनुभयो ।

    सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आउनु भएको छ । उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “पहाडी क्षेत्रमा कोरोना संक्रमितहरुलाई केही हदसम्म राहत होस् भनेर सहयोग गरेकी हुँ ।”

    संस्थाका अध्यक्ष लामाले अस्पतालले हाल १० शैयाको निःशुल्क आईसोलेसन सञ्चालन गरेको बताउनुभयो । समुदायस्तरबाट सञ्चालन भएको सो अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् । लामाका अनुसार दुई जना चिकित्सक सहितको अक्सिजन सिलिण्डर राखेर आईसोलेसन संचालनमा ल्याईएको छ । आईसोलेसन शैया ५० पु-याउने लक्ष्यका साथ काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । सो अस्पतालले जिल्लाकै विकट मानिएको ईच्छाकामना गाउँपालिकासँगै तनहुँ, गोरखा र धादिङका बिरामीलाई समेत सेवा दिन सक्ने उहाँको भनाई छ । ईच्छाकामना चेपाङ समुदायको बाहुल्यता रहेको पालिका हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.