समाज
चितवन, १४ असार । जिल्लामा रहेका किसानले धान रोप्नका लागि प्रविधिको प्रयोग गर्न थालेका छन् । व्यावसायिक रुपमा कृषि व्यवसाय गर्दै आएका किसानले प्रविधिको प्रयोग गरी धान रोप्न थालेका हुन् । पूर्वी चितवनको कालिका नगरपालिकाका सुनिल ढकाल अहिले प्रविधिको प्रयोग...
काठमाडौँ, १४ असार । मङ्गलबारदेखि काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन...
मकवानपुर, १४ असार । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई...
झापा, १४ असार । भारतीय जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मेचीनगर नगरपालिका–३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते हुनुभएको छ । घर नजीकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको हो । खुट्टा...
उदयपुर, १४ असार । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकासिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैन । आँप दाना लागेको समयमा...
काठमाडौं, १४ असार । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिए । ‘हामीले साउन ९...
चितवन,१४ असार । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो दिएको छ । आयोगको टोलीले आइताबर क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ । चिकित्सा शिक्षा...
लहान, १४ असार । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित...
काठमाडौं, १४ असार । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय...
काठमाडौं, १४ असार । नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र...














