सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १३:३९ 
  • काठमाडौं, १४ असार । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्ने तयारी थालेको छ । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी भइरहेको जानकारी दिए ।

    ‘हामीले साउन ९ गतेदेखि परीक्षा गर्ने तयारी गरेका छौं । आज सीसीएमसीले पत्र पठाउँछ होला अनि सूचना जारी गर्छौं’ उनले भने ।

     

    आयोगको परीक्षा केन्द्र निर्देशनालयले सूचना जारी गर्दै कोरोना संक्रमण जोखिमका कारण चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा उपत्यका बाहिर समेत केन्द्र तोकी परीक्षा सञ्चालन हुने भन्दै परीक्षार्थीलाई आफ्नो पायक पर्ने स्थानमा परीक्षा केन्द्र रोज्न आह्वान गरेको थियो ।

    आयोगको अनुसार यो वर्ष विभिन्न विषयमा अध्ययनका लागि ३२ हजार आठ सय जनाले प्रवेश परीक्षाको लागि आवेदन भरेका छन् । एमबीबीएसका लागि ११ हजार तीन सय जनाले प्रवेश परीक्षाको फाराम भरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.