सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौंडा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १४:३८ 
  • मकवानपुर, १४ असार । हेटौँडा उपमहानगरपालिकाको व्यवस्थापनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मिर्गाैला रोगका बिरामीका लागि डाइलाइसिस केन्द्रको आज शुभारम्भ गरिएको छ । हेटौँडास्थित युनिलिभर प्रालिले दुई र हेटौँडा शिवम् सिमेन्टले एक डाइलाइसिस मेशिन अस्पताल व्यवस्थापनलाई निःशुल्क उपलब्ध गराएको थियो ।

    उपमहानगरपालिकाले आफ्नै खर्चमा दुई खरीद गरी ल्याएका समेत पाँच मेशिन जडान गरी मिर्गाैला पीडितलाई डाइलाइसिस गर्ने क्रममा आज तीन बिरामीलाई पहिलो पटक डाइलाइसिस गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

    नगरप्रमुख महतले अस्पतालमा कोभिड सङ्क्रमणलगायत मिर्गाैला रोगबाट पीडित बिरामीलाई तत्काल गुणस्तरीय उपचार सेवा पु¥याउन उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्दै लैजाने नीति बनाएको जानकारी दिनुभयो ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले मुलुकमा प्रत्येक वर्ष मिर्गौला रोगबाट करीब तीन हजार व्यक्तिलाई सङ्क्रमण हुने गरेकाले दुर्गम भेगका सर्वसाधारणलाई पनि अब आफ्नो स्वास्थ्यको नियमित जाँचका लागि स्वास्थ्य संस्थामा जानुपर्ने जनचेतना जागृत गर्न स्थानीय निकायलाई प्रभावकारी ढङ्गबाट परिचालन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नीति रहेको बताउनुभयो ।

    उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा केही महिनाभित्रै मुटु रोग, क्यान्सर र बालबालिकाका लागि उपचार सेवा तथा शल्य चिकित्सक सेवालाई गुणस्तरीय बनाउनेतर्फ प्रतिष्ठानले सङ्घीय सरकारसँग सहकार्य गर्नाका साथै योजना तर्जुमा गरिने जानकारी दिनुभयो ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले अस्पताललाई दीर्घकालसम्म गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ विभिन्न चरणमा कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै मिर्गाैला रोगका बिरामीलाई उपचारका लागि हेटौँडाबाट बाहिरतिर भौँतारिनु नपर्ने अवस्था सृजना भएकामा प्रशंसा व्यक्त गर्नुभयो ।

    उहाँले जिल्लामा मिर्गाैला रोगका बिरामीको चापलाई दृष्टिगत गर्दै डाइलाइसिस सेवालाई क्रमशः दैनिक तीन समूहमा सञ्चालनमा ल्याउने पनि जानकारी दिनुभयो । करीब तीन वर्षअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा हेटौँडाको चुरेहिल अस्पतालमा डाइलाइसिस सेवा शुरु गर्दै आएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.