सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लहानको बजेट रु दुई अर्बः आँप पार्क निर्माणमा जोड


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १२:५३ 
  • लहान, १४ असार । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले कूल बजेटमध्ये चालुतर्फ रु ८२ करोड ३९ लाख ४० हजार र पुँजीगततर्फ रु एक अर्ब १२ करोड ४ लाख ७५ हजार ३५८ रहेको बताउनुभयो ।
    उहाँले आन्तरिक श्रोततर्फ रु ६२ करोड ११ लाख ८१ हजार, नगद आयतर्फ रु ४० करोड, सामानीकरण अनुदानतर्फ रु २२ करोड ३१ लाख, सशर्त अनुदान चालुतर्फ रु ३४ करोड ५२ लाख, सशर्त अनुदान पुँजीगततर्फ रु २ करोड २ लाख, विशेष अनुदान पुँजीगततर्फ रु २ करोड ८३ लाख, समपूरक अनुदान पुँजीगततर्फ रु १ करोड १४ लाख र राजस्व बाँडफाँडतर्फ रु १३ करोड ९६ लाख गरी कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित भएको जानकारी दिनुभयो ।
    बजेटमा नगरपालिकाको मुख्य बजारलाई कलर सिटी बनाउन रु एक करोड, कृषकलाई विद्युत् महसुल निःशुल्क गर्न रु ७० लाख, सार्वजनिक ऐलानी जग्गा नियन्त्रण, संरक्षण तथा विकासका लागि रु एक करोड, ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि रु १० लाख, टोल विकास सुधार सञ्चालन परिचालनका लागि रु ३० लाख, उद्योग तथा कृषिमा आधारित युवा रोजगारका लागि रु २५ लाख र महिला उद्यम विकासका लागि रु १५ लाख विनियोजन भएको उहाँको बताउनुभयो ।
    यसैगरी आँपको राजधानीका रुपमा चिनिएको लहानको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन ‘आँप पार्क’ निर्माण गर्ने नीति नगरपालिकाले लिएको छ । त्यस्तै एतिहासिक तथा धार्मिक पर्यटकीय पहिचान बोकेका सलहेश, राजदेवी, दिनाभद्री, ब्रहमान स्थान, देवीदहलगायत स्थानको संरक्षण, सम्वद्र्धन र विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले जानकारी दिनुभयो । यसैगरी सिरहाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ का लागि रु.४९ करोड ३३ लाख ६५ हजार बजेट पारित गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.