सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा अंकोलोजी डीएम र एमसिच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगको चासो


  •    न्युजभित्तो/१४ असार २०७८, सोमबार १३:२५ 
  • चितवन,१४ असार । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो दिएको छ । आयोगको टोलीले आइताबर क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ ।

    चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा. आरती शाह, प्रा.डा. दिलिप शर्मा, प्रा.डा. रमेशचन्द्र आचार्य र प्रा.डा. संघरत्न बज्राचार्यको टोलीले अस्पतालको निरीक्षण गरेर डीएम र एमसीएच कार्यक्रमबारे चासो दिएको हो । अस्पतालमा मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजी र रेडियसन अंकोलोजीका १८ विषयमा सुपर स्पेशलिष्ट कक्षाहरु डीएम र एमसीएच चलाउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

    त्यसका लागि प्रवेश परीक्षा, विद्यार्थी छनौट र भर्ना, शुल्क लगायतका अन्य कामहरु चिकित्सा शिक्षा आयोगले गर्नेछ भने बाँकी काम क्यान्सर अस्पतालले गर्नेछ । ‘आयोगले प्रवेश परीक्षा लिएर, भर्ना गरेर हामी कहाँ पठाउँछ, हामी पढाउँछौं’ कार्यकारी निर्देशक डा. गौतमले भने, ‘रजिष्ट्रेशन गर्ने, परीक्षा लिने, सर्टिफिकेट दिने काम आयोग कै हुन्छ, हामीले प्रतिष्ठान बनाएपछि हामी नै दिन्छौं ।’

    अस्पतालले आगामी आर्थिक बर्षका लागि १८ जनालाई अंकोलोजी विषयमा डीएम र एमसीएच नि:शुल्क पढाउनका लागि रकमसमेत आउने अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले जानकारी दिए । उनीहरुलाई स्वास्थ्यको नवौ तहको चिकित्सकले पाउने बराबरको सुविधा दिइन् डा. शर्माले बताए ।

    ‘हामीले १८ जनाभन्दा बढीलाई पनि पढाउन सक्छौं, आयोगले बनाउने मोडालिटी कस्तो हुन्छ त्यो हेर्न बाँकी छ’ डा. शर्माले भने । बीर अस्पतालमा डीएम मेडिकल अंकोलोजी विषयमा पढाइ भए पनि केही वर्षअघिदेखि रोकिएको छ । एमसिएच अंकोलोजी सर्जरी भने नेपालमा अहिलेसम्म सुरु भएको छैन । चिकित्सा शिक्षा आयोगले चलाउने पहिलो सुपरिस्पेशलिष्ट विषय यही नै हुने डा. शर्माले बताए ।

    अस्पतालमा डीएम र एमसीएचको कार्यक्रम चलेपछि बिरामीहरुले अझै गुणस्तरीय सेवा र जनशक्तिको उत्पादन, थप अनुसन्धान हुने विश्वास अस्पतालले लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.