सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छः महामन्त्री थापा


  •    न्युजभित्तो/१३ भाद्र २०८२, शुक्रबार १३:५६ 
  • वीरगञ्ज (पर्सा), १३ भदौक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभएको छ । 
    आज यहाँ नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग भेटघाटपछि अस्पताल प्रशासनसँग छलफल गर्दै उहाँले हैजा सङ्क्रमित बिरामीको उपचारमा कुनै पनि खालको कमजोरी नगर्न अनुरोध गर्नुभयो ।  
    महामन्त्री थापाले भन्नुभयो,“हैजाको उपचार गर्न आउने बिरामीले निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ । त्यसका लागि अस्पताल प्रशासनले अत्यावश्यक औषधि, खोप र जनशक्तिको पनि उचित ढङ्गले प्रबन्ध गर्न आवश्यक छ ।” 
    उहाँले आफू काठमाडौँ फर्किएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सरोकार भएका निकायसँग समन्वय गरेर अत्यावश्यक औषधि र अन्य सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महामन्त्री थापाले अस्पतालको सरसफाइका विषयमा पनि विशेष चासो दिन आग्रह गर्नुभयो । 
    “म स्वास्थ्यमन्त्री हुँदा पनि देशभरिका अस्पतालमा सरसफाइ मुख्य समस्याका रूपमा रहेको अनुभव गरेको थिएँ । मैले करिब नौ महिना मन्त्री भएर काम गर्दा यो समस्या समाधानको प्रयास गरे पनि सकिन”, उहाँले भन्नुभयो, “अस्पतालको परिसर र शौचालय मात्रै फोहर देखिने विषय होइन । सरसफाइ जनशक्ति व्यवस्थापनलगायत विविध विषय रैछन् । यो अस्पतालको सुशासन र अन्य बहुआयामिक विषयसँग पनि जोडिएको छ ।” 
    महामन्त्री थापाले सरकारी र निजी अस्पतालमा उपचारका लागि जाँदाखेरि फरक महसुस गर्ने विषय पनि अस्पतालको सरसफाइ नै रहेको उल्लेख गर्नुभयो । “प्रायःजसो निजी अस्पताल पनि सरकारी अस्पतालमा नै काम गर्ने जनशक्तिबाट नै सञ्चालन हुने हो, तर निजी र सरकारी अस्पतालबीच सरसफाइमा धेरै फरक छ । त्यसैले यस विषयमा ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो । 
    महामन्त्री थापाले नारायणी अस्पताललाई वीरगञ्ज र आसपासको क्षेत्रको आसा तथा  भरोसाको केन्द्रका रूपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
    महामन्त्री थापाले नारायणी अस्पतालको पूर्वाधार निर्माणमा हुने गाँठो फुकाउनका लागि आफू जुनसुकै सहयोग र समन्वय गर्न पनि तयार रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.