सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या


  •    न्युजभित्तो/१८ भाद्र २०८२, बुधबार १३:०३ 
  • कञ्चनपुर, १८ भदौक । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा बिहान घण्टी बज्नेबित्तिकै विद्यार्थी सरस्वती बन्दना वा पिटी कवाज गर्न नपाइ सीधा कक्षा कोठामा प्रवेश गर्छन् । शिक्षकले पनि कक्षाभित्रै हाजिरी गरी पठनपाठन सुरु गर्ने गरेका छन् ।

    विद्यालय परिसर वर्षा लागेसँगै जलमग्न र हिलाम्मे हुने भएकाले विद्यार्थीलाई बाहिर लामबद्ध गर्ने गतिविधि गर्न नसकिने अवस्था छ । करिब चार महिनासम्म विद्यालय परिसर डुबानमा पर्ने गरेको छ । पानी निकासको व्यवस्था नहुँदा समस्या झन चर्किएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नवीन धानुक बताउनुहुन्छ ।

    “जलमग्न र हिलाम्मे परिसर टेक्दै शिक्षक–विद्यार्थी कक्षामा पस्ने गरेका छन्, समस्या वर्षौंदेखि देखिएको हो, तर समाधान अझै हुन सकेको छैन”, उहाँले भन्नुभयो । पूर्व–पश्चिम राजमार्गदेखि करिब ७०० मिटर दक्षिणतर्फ अवस्थित विद्यालयमा २०० बढी विद्यार्थी अध्ययनरत छन् । करिब ९० प्रतिशतभन्दा बढी विद्यार्थी दलित र आदिवासी जनजाति समुदायका रहेका छन् ।

    विद्यालयका प्रधानाध्यापक गोपिन्दसिंह नायकका अनुसार विद्यालयका दुई भवन ‘बिल्ड अन’ र भारतीय दूतावासको सहयोगमा बनेका हुन् । ती मात्रै प्रयोगयोग्य छन् । बाँकी भवन जीर्ण भएकाले जोखिम मोलेर प्रयोग गर्नुपरेको छ । “विद्यार्थीको चापअनुसार दुई भवन पर्याप्त छैनन्, बाध्य भएर पुरानै जीर्ण भवनमा पढाउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

    विद्यालयमा १७ शिक्षक र करिब २०० विद्यार्थी भए पनि प्रयोगयोग्य शौचालय भने एक मात्र छ । त्यो पनि वर्षौं पुरानो भएकाले टालटुल गरेर चलाइँदै आएको प्रधानाध्यापक नायकको भनाइ छ । “विद्यार्थीहरू लाइनमा उभिएर शौचालय प्रयोग गर्न पालो कुर्न बाध्य छन्, शिक्षकहरूले पनि त्यही प्रयोग गर्नुपरेको छ, जसले गर्दा पठनपाठमा अबरोध हुने गरेको छ”, प्रधानाध्यापक नायकले भन्नुभयो ।

    विद्यालय हाताभित्रै रहेको कालिका मन्दिरमा हुने पूजापाठ र बलि चढाउने कार्यले पनि शिक्षण प्रभावित हुने गरेको छ । छुट्टै प्रवेशद्वार नभएकाले विद्यालय समयमै मन्दिरमा हुने भीडले समस्या थपिएको शिक्षकहरूको भनाइ छ । खेलमैदान भए पनि वर्षा लागेपछि चार महिनासम्म हिलाम्मे भएर प्रयोगविहीन हुन्छ । निजी स्रोतबाट नियुक्त शिक्षको तलबको व्यवस्था विद्यालयले आफैँ गर्नुपर्ने बाध्यता रहेको छ । आर्थिक अभावका कारण तलब दिन कठिनाइ भएको प्रधानाध्यापक नायकले बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कमल ठकुल्लाका अनुसार शौचालय व्यवस्थापन खानेपानी र खेलमैदान सुधारका लागि पहल गरिने छ । “वडाको सानो बजेटले पर्याप्त काम गर्न सकिँदैन, ठूलो बजेट चाहिन्छ, त्यसका लागि नगरदेखि प्रदेशसम्मलाई गुहारी सकेका छौँ, तर सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो ।

    विद्यालयमा नियमित पठनपाठन मात्र नभई निर्वाचनका बेला उम्मेदवारी दर्ता गर्ने तथा मतदानस्थलका रूपमा पनि प्रयोग हुँदै आएको छ । यस्तै यस विद्यालयलाई एसइई परीक्षा केन्द्रको रूपमा समेत प्रयोग गर्ने गरिएको छ । पूर्वाधार विकासमा भने निरन्तर बेवास्ता हुँदै आएको अभिभावकहरुको गुनासो छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.