सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क, ख र ग वर्गका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने माग


  •    न्युजभित्तो/१५ भाद्र २०८२, आईतवार १०:१६ 
  • चितवन, १५ भदौ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग गरेको छ ।

    त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । देशभर छ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको सङ्घको भनाइ छ ।

    यसैबीच आफ्ना माग पूरा गर्न आग्रह गर्दै सङ्घले प्रमुख दलहरूलाई ध्यानाकर्षणपत्र बुझाएको छ । सङ्घका अध्यक्ष नवराज लामिछानेको नेतृत्वको टोलीले दलका प्रमुख एवं जिम्मेवार नेता र राष्ट्रियसभा अध्यक्षलाई ध्यानाकर्षण गराएको हो ।

    टोलीले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र उपसभापति धनराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई भेट गरी आफ्नो माग पूरा गराउन आवश्यक सहजीकरण गरिदिन आग्रह गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो ।

    सङ्घले यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएको थियो । यससँगै देशका अधिकांश जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.