स्वास्थ्य / शिक्षा
महोत्तरी, २१ मङ्सिर । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका...
चितवन, २१ मंसिर । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शैय्याको अस्पताल भएका कलेजहरुले मात्र नर्सिङ् संञ्चालन गर्न पाउने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले चिकित्सा शिक्षा आयोगले वनाएको ऐन भन्दा वाहिर गएर काम गर्न...
काठमाडौं,१९ मङ्सिर । पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल...
दाङ, १९ मङ्सिर। दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो। जिल्लाको घोराही, लमही, बङ्गलाचुली,...
काठमाडौं,१९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) परीक्षा दिन पाउने भएका...
काठमाडौँ, १८ मङ्सिर । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा...
नवलपुर, १८ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको...
काठमाडौं,१८ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन,...
भरतपुर १७ मंसिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा जिल्लास्तरीय नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुल भरतपुर ४ यज्ञपुरीमा सम्पन्न भयो । ६८ औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै नेपाल...
काठमाडौं,१७ मंसिर। दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने क्रम जारी छ । मलेसियामा समेत ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । मलेसियाका स्वास्थ्य मन्त्री खयरी जमालुद्दिनले आफ्नो मुलुकमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको बताएका हुन्...













