सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महोत्तरीमा विद्यालय केन्द्रित खोप दिन सुरु


  •    न्युजभित्तो/७ पुष २०७८, बुधबार १४:३४ 
  • महोत्तरी, ७ पुस । यहाँका सामुदायिक विद्यालयका छात्रछात्रालाई कोभिड–१९ विरुद्धको मोर्डना खोप दिन थालिएको छ । आज जिल्लाका सात स्थानीय तहका सबै सामुदायिक विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका छात्रछात्रालाई खोप दिन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    विद्यालय खोप केन्द्रमा उमेर समूहभित्रपर्ने सर्वसाधारणले पनि खोप पाउने छन् । दुई चरणमा सञ्चालन गरिने खोप अभियानको पहिलो चरणमा सात र दोस्रोचरणमा आठ स्थानीय तह समेटिएका छन् । आज सुरु भएको पहिलो चरणमा जिल्लाका बर्दिबास, गौशाला, भङगाहा, रामगोपालपुर र औरही नगरपालिका एवं सम्सी तथा सोनामा गाउँपालिकाका सामुदायिक विद्यालय खोप केन्द्र हुनेछन् । पहिलो चरणमा आजदेखि पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।

    कोभिड–१९ महाव्याधिको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै यसपालि विद्यालयका छात्रछात्रालाई लक्षित गरी जिल्लाभरिमा दुई चरणमा खोप लगाउने तयारी थालिएको स्वास्थ्य कार्यालयले जनाएको हो । यसपटक मोर्डना खोप लगाइँदै गरिएको कार्यालयका निमित्त प्रमुख भोला यादवले जानकारी दिनुभयो ।

    खोपको दोस्रोचरण पुस १४ देखि १८ गतेसम्म सञ्चालन गरिने छ । यस चरणमा जिल्लाका जलेश्वर, लोहारपट्टी, मटिहानी, मनरासिस्वा र बलवा नगरपालिका एवं एकडारा, पिपरा तथा महोत्तरी गाउँपालिकासहित आठ स्थानीय तहका सामुदायिक विद्यालय खोप केन्द्र हुनेछन् ।

    “हामीलाई ८५ हजार मात्रा खोप प्राप्त भएको छ, जिल्लामा १२ देखि १८ वर्ष उमेर समूहभित्रका ८० हजार ५०० लाई खोप दिने लक्ष्य छ”, निमित्त कार्यालय प्रमुख यादवले भन्नुभयो, “दुवै चरणका खोप कार्यक्रम प्रभावकारी बनाउन आवश्यक दक्ष जनशक्ति विन्यास गरेका छौं ।” यस अभियानका लागि खोप केन्द्रको निर्धारण, औषधि (खोप) को व्यवस्थापन, जनशक्ति विन्यास र नियमित अनुगमन सँगसँगै गरिने यादवको भनाइ छ ।

    विद्यालय केन्द्रित यो अभियानमा कोही छात्रछात्रा नछुटुन् भन्नेतर्फ विद्यालय प्रशासन र आम अभिभावकको चासो तथा सचेतना आवश्यक रहेको स्वास्थ्य कार्यालयको अपिल छ । खोप केन्द्रमा तोकिएको उमेर समूह (१२–१८ वर्ष) का आम सर्वसाधारणले पनि खोप लिन पाउने छन् । जिल्लाको ६५ प्रतिशत जनसङ्ख्याले यसअघि नै कोभिड–१९ विरुद्धका विभिन्न खोप लगाइसकेको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.