सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाजुराका पाँच हजार ६०२ बालबालिका मोडर्ना खोप लगाउनबाट वञ्चित


  •    न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १३:३८ 
  • बाजुरा,९ पुस । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ। बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन्। पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ।

    सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेसँगै बाजुरामा पनि आजदेखि मोडर्ना खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए। नौ पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरिएको पन्तले बताए।

    बूढीगङ्गा, बडीमालिका, बूढीनन्दा र त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह, हिमाली, गौमूल, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका विद्यार्थीलाई खोप दिन स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर महेश चन्दले जानकारी दिए। नौ पालिकाका २२ हजार ४०८ मध्ये १६ हजार ८०६ बालबालिकाले मात्र पहिलोपटक मोडर्ना खोप लगाउन पाउने छन्।

    “खोपको मात्रा १६ हजार मात्र उपलब्ध भएको छ, बाँकीलाई थप खोपको मात्रा उपलब्ध भएपछि लगाइनेछ”, उनले भने। नौवटै पालिकाका विद्यालयमा एकसाथ खोप दिन थालिएको हो। यसका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरिएको छ। जिल्लाभरि १३४ खोप केन्द्र स्थापना गरेर अभियान सञ्चालन गरिएको पन्त बताउछन्।

    बडीमालिकाका दुई हजार ९०५ मध्ये दुई हजार १९७ जनाले खोप लगाउन पाउने छन्। बूढीगङ्गाका तीन हजार ७३८ मध्ये दुई हजार ९६३ जनाले, त्रिवेणीका तीन हजार ५६३ मध्ये दुई हजार ६७२, बूढीनन्दाका तीन हजार ४२ मध्ये दुई हजार २८२, खप्तड छेडेदहका तीन हजार २१७ मध्ये ८१४ तथा गौमूलका एक हजार २७१ मध्ये ९५३ बालबालिकाले मोडर्ना खोप लगाउन पाउने छन्।

    यसैगरी स्वामीकार्तिक खापरका एक हजार ७१८ मध्ये एक हजार २८९, हिमालीका हजार ५०६ मध्ये एक हजार १३० तथा जगन्नाथका एक हजार २३५ मध्ये ९२६ बालबालिकाले मोडर्ना खोप लगाउने छन्।

    खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। बाजुरामा हालसम्म एक लाख १८ हजार व्यक्तिले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। पहिलो चरणमा ६५ हजारले तथा दोस्रो चरणमा ५३ हजार व्यक्तिले खोप लगाएका थिए। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.