स्वास्थ्य / शिक्षा
एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो। ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर संयुक्तरुपमा खोप उत्पादनको काम गरिरहेको कम्पनीका प्रवक्ताले मंगलबार...
काठमाडौ, ८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट...
महोत्तरी, ७ पुस । यहाँका सामुदायिक विद्यालयका छात्रछात्रालाई कोभिड–१९ विरुद्धको मोर्डना खोप दिन थालिएको छ । आज जिल्लाका सात स्थानीय तहका सबै सामुदायिक विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका छात्रछात्रालाई खोप दिन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालय...
काठमाडौं ७ पुस ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’ ओमिक्रोन भेरियन्ट पहिलो पटक...
चितवन, ६ पुस । भरतपुर अस्पतालले मिर्गाैलाको डाइलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा...
काठमाडौं, ४ पुस । पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य...
काठमाडौँ, ४ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको हो । उक्त...
दमौली,४ पुस ।तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ। छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो। कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्करुपमा...
नारायण अधिकारी चितवन, ४ पुस । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । यहाँस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो...
काठमाडौं, ३ पुस । पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल...











