सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण


  •    न्युजभित्तो/२३ पुष २०७८, शुक्रबार १२:४६ 
  • चितवन, २३ पुस ।  चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षीय भाइ कृष्णले कलेजो दान गर्नुभएको हो ।

    अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको जनाएको हो । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार कृष्णको ६० प्रतिशत कलेजो जीवनमा प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपणमा चिकित्सक डा सञ्जय यादव, डा प्रवीन जोशी, डा जयन्तकुमार साह, डा गौरव कट्टेल, डा सरोज ढुङ्गाना, एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नवीन यादव, हेपाटोलोजिष्ट डा सागर पौडेल, डा वरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा वित्रान पौडेल, डा सुभास ओझा, डा प्रदेश घिमिरे र डा नेहा विष्टको सहभागिता रहेको थियो । योसँगै भारतको एपोलो अस्पतालका चिकित्सक डा निरभ गोयल, डा अरुण कुमार, डा रमन रानासहितको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

    करिब एक वर्षदेखि विभिन्न अस्पतालमा कलेजोको परीक्षण गराउँदै आउनुभएका उहाँमा ‘वड चियरी सिन्ड्रम विथ कम्प्लिट पिभिटी डिजिज’का कारण कलेजो प्रत्यारोपाण गर्नुभएको थियो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सन् २०२१ मा नेपालमा सबैभन्दा बढी कलेजो प्रत्यारोपाण गराउन सफल भएको बताउनुभयो ।

    मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै आएको छ । ती अस्पतालमा भन्दा बढी यस अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको उहाँले दाबी गर्नुभयो । कलेजो प्रत्यारोपण गर्नुभएका भाइ कृष्णले दाजुले पुर्नजीवन पाएको बताउनुभयो । उहाँले भन्नुभयो “यसले दाजु भाइको बीचमा प्रगाढ सम्बन्ध कायम गरेको छ । समाजले जे भने पनि परिवार भनेको परिवारनै हो ।” आफ्नो दाजुले नयाँ जीवन पाएको र आफूलाई कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.