सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो,वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ


  •    न्युजभित्तो/२४ पुष २०७८, शनिबार १३:०२ 
  • वीरगञ्ज, २४ पुस । नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ ।

    भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

    जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयानुसार वीरगञ्ज महानगरसँगै जिल्लाका अन्य पालिकालाई पनि नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण सुरु गर्न थालिएको प्रजिअ ढकालले बताउनुभयो ।

    केन्द्रका अनुसार स्वास्थ्य कार्यालय पर्सामा रहेको जोन्सन खोपलाई आवश्यकताअनुसार सबै स्थानीय तहमा पठाउन थालिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण र जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई अतिआवश्यक कामबाहेक लामो बिदा नदिन सम्बन्धित कार्यालयलाई अनुरोधसमेत गरिएको हो । केन्द्रले कोभिडको नयाँ भेरियन्टले महामारीको जोखिम बढाउने भन्दै पूर्वतयारी तथा व्यवस्थापनका लागि केन्द्र तथा प्रदेश सरकारको कोभिड कोषबाट मास्क, स्यानिटाइजरलगायत सामग्री खरिद गरी वितरण गर्ने कामसमेत अघि बढाएको छ ।

    नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ

    पर्साको वीरगञ्जमा पछिल्लो समय भेटिएको कोरोना भाइरस सङ्क्रमण (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको छ । वीरगञ्जमा परीक्षण गर्दा पोजेटिभ देखिएको २५ नमूना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको वीरगञ्जस्थित नारायणी अस्पतालका प्रयोगशाला प्रमुख सूक्ष्म जीवविज्ञ डा प्रभाकर पाण्डेले बताउनुभयो ।

    जिल्लाका विभिन्न स्थानमा पछिल्लो पटक गरिएको ऐन्टिजेन परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाहरुको (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको हो । सङ्क्रमण पुष्टि हुनेहरुमा अधिकाशं ३५ देखि ६० वर्ष उमेर समूहका भारतीय नागरिक रहेका छन् ।

    हत्या आरोपमा चार पक्राउ

    पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीमा एकजना बालकको हत्याको आरोपमा प्रहरीेले चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

    नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षण ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको नाम सर्वजनिक गरिएको छैन । यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.