सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति गर्दै भरतपुर महानगर


  •    न्युजभित्तो/२२ पुष २०७८, बिहीबार ०९:०५ 
  • चितवन, २२ पुस । शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हाँशिल गरेको छ । देशका अन्य पालिकाहरुमा हुन नसकेका नमुना योग्य काम महानगरले गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको बिकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको भनाईमा महानगरमा अटिजम बिद्यालयको स्थापना, शिक्षक दरवन्दि सृजना गरि युवा स्वयमसेवक शिक्षक परिचालन, खुल्ला आवेदनबाट पूर्ण छात्रबृत्ति प्रदान जस्ता कार्यक्रम भरतपुर महानगरपालिकाले मात्र गरेको छ ।
    यी कार्यहरु अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उहाँको भनाई छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । संघिय सरकारले १० प्रतिशत मात्र शिक्षामा वजेट छुट्याएको छ । प्रमुख दाहालले भन्नुभयो “हामीले शिक्षामा दिएको प्राथमिकताका कारण नतिजा पाउन सकेका छौ ।” अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको उहाँको भनाई छ । भरतपुर महानगरपालिकाले उच्च शिक्षामा प्राबिधिक बिषय अध्ययन् गर्नेहरुका लागि बार्षिक रु १० हजार छात्रबृत्ति उपलव्ध गराउँन सुरु गरेको छ ।
    सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गर्ने उद्धेश्यले भरतपुर महाननगरपालिकाले स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट रु ६५ लाख अनुदान रकम विनियोजन गरेको छ । शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले ३० जना युवा स्वयंसेवक शिक्षक परिचालन गरिने बताउनुभयो । सामुदायिक बिद्यालयहरुमा शिक्षक अभाव हुन नदिनका लागि यस कार्यक्रम राखिएको उहाँको भनाई छ ।
    यस संगै सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब ६ हजार वृद्धि भएको उहाँले बताउनुभयो । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि वि. सं. २०७५ मा ५६ दशमलब ४७ प्रतिशत रहेकोमा शैक्षिक सत्र वि. सं.२०७७ मा ५ दशमलब ५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको पौडेलको भनाई छ । कुल साक्षरता दर गुणस्तरमा ९८ दशमलब ५ प्रतिशत रहेको छ । बिभिन्न स्थानमा नमुना विद्यालयहरू स्थापना भएको उहाँले बताउनुभयो ।
    शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न आइसिटि तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको उहाँले बताउनुभयो । शिक्षकको पेशागत दक्षता विकासका कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो “बिगत ४ वर्ष ६ महिनामा ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठयक्रम निर्माण गरी लागु गरिएको छ ।” शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । संस्थागत विद्यालयहरूको साझेदारीमा कक्षा ११ का २३९ जना विद्यार्थीहरूलाई मेरिट बेसमा आधारीत पूर्ण छात्रवृत्ति प्रदान गरीएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो नेपालमानै पहिलो कार्य हो ।”
    लैङ्गिक हिंसारहित बिद्यालय वनाउनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक जना महिला शिक्षिकालाई लैङ्गिक सम्पर्क शिक्षक तोकीएको उहाँको भनाई छ । उनिहरुलाई लैंङ्गीक हिंसा सम्बन्धि अभिमुखिकरण समेत दिई सकिएको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ । सामुदायिक बिद्यालयमा ५ वटा स्कुल वस उपलव्ध गराईएको र अहिले पनि त्यो कार्यक्रम सञ्चालन गरिने छ ।
    महानगरपालिका भित्र सामुदायिक १ सय २३ वटा र संस्थागत ९७ वटा रहेका छन् । ती बिद्यालयमा ८६ हजार भन्दा वढि बिद्यार्थी अध्ययनरत छन् । महानगरपालिका भित्र कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालय, दुईवटा मेडीकल कलेज संगै अन्य प्राबिधिक कलेजहरु संगै बिभिन्न बिश्वबिद्यालयका आंगिक क्याम्पस, सामुदायिक क्याम्पसहरु र नीजि क्याम्पसहरु रहेका छन् । चितवन सहित छिमेकी जिल्लाबाट यहाँका स्कुल र कलेजहरुमा बिद्यार्थी पढ्न आउने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.