सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका चल्ला नष्ट


  •    /२७ श्रावण २०७६, सोमबार १६:३४ 
  • भरतपुर । चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो ।

    काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना५ख ७९३७ नंको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख रामकिशोर शाहले बताउनुभयो । चल्ला र अण्डा क्वारेन्टाइन पास गराएर लैजानुपर्ने व्यवस्था भए पनि उनीहरुले क्वारेन्टाइन छलेर लैजान लागेको बताइएको छ । बिक्री अनुमतिपत्र, क्वारेन्टाइन चेकपोष्ट दरपिट भएको पत्र र अन्य आवश्यक केही कागजात नभएकाले चल्ला नष्ट गरिएको शाहले जानकारी दिनुभयो । “चल्ला बिक्री गर्ने कार्टुनमा सबै कुरा उल्लेख हुनुपर्छ”, उहाँले भन्नुभयो, “तर नियन्त्रणमा लिइएका चल्लाको कार्टुनमा कुनै कुरा उल्लेख गरिएको छैन ।”

    चितवनका कुखुरा व्यवसायी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, पशु विज्ञ केन्द्रका प्रतिनिधि, पत्रकार लगायतको रोहवरमा चल्ला नष्ट गरिएको हो । यसअघि शुक्रबार मात्रै चितवनमा पाँच हजार ५०८ ब्वायलर कुखुराका चल्ला नष्ट गरिएको थियो । भारतमा बर्डफ्लुको सङ्क्रमण रहेको हुँदा अहिले भारतबाट चल्ला ल्याउन रोक लगाइएको छ भने नेपालभित्रै पनि आवश्यक मापदण्ड पूरा गर्नुपर्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.