सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रिमाल समाज चितवनको दोस्रो साधारण सभा सम्पन्न


  •    /२६ श्रावण २०७६, आईतवार १३:२१ 
  • रत्ननगर । रिमाल समाज चितवनको दोस्रो साधारण सभा तथा भेटघाट कार्यक्रम शनिबार रत्ननगरमा सम्पन्न भयो । सभाले गत आर्थिक वर्षको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ ।

    समाजका अध्यक्ष लालुप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव छत्रप्रसाद रिमालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मन्जु रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा रामबहादुर रिमाल, प्रेम रिमाल, हरि रिमाल, बालकृष्ण रिमाल, खगराज रिमाल, नारायण प्रसाद उपाध्याय रिमाल, तिलक रिमाल, विष्णु रिमाल लगायतले रिमालहरुको परम्परा, संस्कृति, धर्म लगायतका विषयमा आआफ्नो धारणा राख्नु भएको थियो । बसाई सराई गरी शहरी क्षेत्रमा आएसँग रिमालहरुका परम्परा र संस्कृति विस्तारै हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँहरुले रिमालका प्रचलनलाई लिपिबद्ध गरी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

    देशका विभिन्न जिल्लाबाट चितवनमा आई बसोबास गर्ने रिमालहरु संगठित भई समाजको निर्माण भएको हो । विगत २५ वर्ष अघिदेखि रिमालहरुले संगठित रुपमा कार्य गर्दै आएको भए पनि समाज गत वर्ष जिल्ला प्रशासन कार्यालय चितवनमा विधिवत रुपमा दर्ता भई केन्द्रीय समितिमा आवद्ध भएको हो ।

    समाजले भरतपुर १२ मा सामुहिक कूल पूरा पनि गर्ने गरेको छ भने समस्यामा परेका रिमालहरुलाई विभिन्न ढंगबाट सहयोग गर्दै आएको छ । प्रत्येक ६/६ महिनामा रिमाल दाजुभाईको घरमा आलोपालो गरी भेटघाट गर्ने कार्यक्रम समाजले गर्दै आएको छ ।

    रिमाल समाज केन्द्रीय समितिले रिमालहरुको वंशावली प्रकाशन गर्र्दै आएको छ । यस वर्षपनि वंशावली प्रकाशनको अन्तिम तयारी गरेको छ । रिमालहरुको वंशावली अनलाईनमा पनि प्रकाशित छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.